• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

६ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • जनस्वास्थ्य अधिकृतद्धारा श्रीमतीलाई करारमा भर्ती : काम नगरीकनै तलवसुबिधा प्रदान

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ ३, सोमबार (५ महिना अघि)
  • ८४३ पाठक संख्या
  • kanchanpur news

    कञ्चनपुर – जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत शिबराज सुनारले आफ्नै श्रीमतीलाई करारको जागिर खुवाएर काम नगरीकनै सेवा सुविधा दिलाउने गरेको पाईएको छ।

    स्वास्थ्य कार्यालयले गत आर्थिक वर्ष ९ माघ ०७७/७८ मा करारका विभिन्न पदमा आठजना कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनअनुरूप कार्यालय प्रमुख सुनारले सेटिङमा गैरकानुनी ढंगले आफ्नै श्रीमतीलाई जागिर खुवाँउदै आएकोको खुलेको हो।

    प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत शिबराजले आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमका लागि उनले आफ्नी श्रीमती रेखाकुमारी सुनारलाई भर्ना गरेको पाइएको छ। आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमका लागि अन्य १२ जनाले दरखास्त दिएका थिए। प्राविधिक शिक्षा पढेका, तर बेरोजगारलाई लत्याउँदै कार्यालय प्रमुखले श्रीमतीलाई जागिर दिएपछि उनको नैतिकतामाथि अन्य कर्मचारीले प्रश्न गरेका छन्।

    स्वास्थ्य कार्यालयका कर्मचारीहरू जोकसैकी श्रीमती वा आफन्तले सरकारी जागिर खान नपाउने हुँदैन, तर आफैँ कार्यालय प्रमुख हुँदा श्रीमतीलाई जागिर दिने काम नैतिकताको प्रश्न भएको बताउँछन्। समाजमा बढ्दै गएको आत्महत्या कार्यक्रम रोकथामका लागि सरकारले ल्याएको उक्त कार्यक्रमअन्तर्गत करारमा कर्मचारी भर्नाका लागि आह्वान गरेअनुरूप प्रमुखले शक्तिका भरमा एकातिर श्रीमतीलाई कर्मचारी त बनाए अर्कोतिर काममा नलगाईकनै सरकारी राज्य कोषको ढुकुटी सिध्याउने काम गरेको भन्दै केही कर्मचारी असन्तुष्ट भएका छन्।

    ‘यहाँ हामीले कोरोना महामारीका वेला मरीमरी काम गर्नुपर्छ, तर कार्यालय प्रमुखले आफ्नी श्रीमतीलाई काममा नलगाईकनै सरकारी तलब खुवाएका छन्,’ ती कर्मचारीले भने, ‘व्यक्ति शक्तिमा कति भोगी – लोभी अधिकारको दुरुपयोग गर्दछन् भन्ने उदाहरण प्रस्ट भएको छ।’ कार्यालय प्रमुख सुनारले श्रीमती रेखालाई भर्ना गरेर शुक्लाफाँटा कार्यक्षेत्र हालेका थिए। तर, कहिल्यै कार्यक्षेत्र नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सो नगरका विद्यालयमा गरिने तालिम पनि जनस्वास्थ्य कार्यालयमा गर्ने गरिएको र कार्यालयमै हाजिर लगाएर तलब खाने गरेको कार्यालय स्रोतको दाबी छ।

    अघिल्लो आर्थिक वर्ष ०७६ ७७ मा स्वास्थ्य कार्यालयबाट सञ्चालित परिवार नियोजन सेवाका लागि भिजिटर प्रोभाइडर पदमा समेत कार्यालय प्रमुख सुनारले श्रीमतीको प्रमाण अपुग हुँदा पनि जागिर खुवाएको पाइन्छ। भिजिटर प्रोभाइडर पदका लागि आइयुसिटी इमप्लान्ट कार्यक्रम तालिम लिएको हुनुपर्ने भए पनि कार्यालय प्रमुख सुनारकी श्रीमतीसँग तालिम प्रमाण नहुँदासमेत अपुग प्रमाणले जागिर खुवाएको खुलेको छ।

    २ चैत ०७६ मा कार्यालय प्रमुख सुनार आफैँले श्रीमती रेखाकुमारी सुनारलाई भिजिटर प्रोभाइडर पदमा नियुक्त गरेका थिए। असार मसान्त ०७७ मा उक्त पदको म्याद समाप्त भएको थियो। त्यसपछि ३१ असार ०७७ मा रेखाले म्याद थपका लागि आवेदन दिएकी थिइन्। रेखाको आवेदनअनुरूप कार्यालय प्रमुख सुनार आफैँले हस्ताक्षर गरेर १५ भदौ ०७७ मा म्याद थपको पत्र बनाएका थिए। १ साउन देखि ०७७ कात्तिक मसान्तसम्मका लागि म्याद थप भएको थियो।

    स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी गौरसिंह कार्कीले करारमा भर्ना भएका सबै कर्मचारी कानुनअनुरूप भर्ना गरिएको बताए। सूचना अधिकारी कार्कीले प्रमुखकी श्रीमतीको अन्तर्वार्ता हुँदा उनी अन्तर्वार्तामा नबसेको बताए। ‘पदपूर्ति गर्दा लोकसेवा, प्रशासन, अस्पतालबाट प्रतिनिधि आएर गरेका हुन्,’ उनले भने, ‘कसको कता सेटिङ मलाई थाहा छैन, तर कर्मचारी भर्ना प्रक्रियाअनुरूप भएको छ।’ उनले कार्यालय प्रमुख वा अन्य कसैकी श्रीमती वा नाता पर्ने योग्यता पुगेको भए भर्ना हुन पाउने हो, काम नगरीकनै तलब खान नमिल्ने बताए।

    स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कानुनअनुरूप नै कर्मचारी भर्ना गरिएको बताए। उनले केही सामाजिक सञ्जाल र अनलाइन मिडियामा आएजस्तो पूरै विषय सत्य नभएको बताए। अनि काम नगरीकनै तलब खुवाउने विषयसमेत सत्य नभएको बताउँदै उनले नाताले श्रीमती पर्ने भएकाले प्रश्न उठाएको बताए।

    भ्रमण, क्यान्टिन र खोप दुरुपयोगजस्ता विषय भ्रामक भएको बताउँदै उनले दुखेसो पोखे। ‘म सुत्केरी बिदामा हुँदा पनि काम गरेको छु,’ उनले भने, ‘कोरोना रोकथामका लागि मेरो भूमिका कसैले बुझिदिएन, यो दुःखद विषय हो।’ काम गर्दै जाँदा कतै ढंग नपुगेको बताउँदै उनले सबै कानुनअनुरूप भएको दाबी गरेका छन्।

  • subhayug
  • कञ्चनपुर
  • जनस्वास्थ्य अधिकृत
  • जिल्ला स्वास्थ्य कार्यालय
  • शिबराज सुनार
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ६ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution