२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – दाङका गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् ।
पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पक्राउ परेका हुन् । पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए । पुनविरुद्ध परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो ।
पुनलाई जिल्ला झिकाउन दाङ प्रहरीको टोली काठमाण्डौ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पीडित पक्षले पुनविरुद्ध तीन महिनाअघि मुद्दा दर्ता गराएको एसपी काफ्लेले जानकारी दिए । पुनलाई दाङ ल्याएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।
उनी कुमार घैंटे समूहका हुन् । कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पनि पक्राउ परेका थिए । सोही मुद्दामा दाङ जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।
पछि उनी सर्वोच्चमा अपिल गर्न पुगेका थिए । उक्त मुद्दा हाल विचाराधीन छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar