२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी सम्बन्धि विभिन्न विशिष्टकृत सेवाहरु प्रदान गरिरहेकोमा पुनश्चः नेपालको पुंजी बजारको एक नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको छ ।
हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने छ भने हिमालयन ‘सिग्मा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने प्रमुख इन्भेष्टमेन्ट बैंकिङ सुजन रत्न बज्राचार्यले बताए ।
सिर्जित प्रतिफलको वार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्ने बताइएको छ ।
हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनुपर्ने छैन ।
उल्लेखित योजनाहरुको बारे थप जानकारी हासिल गर्न [email protected] मा इमेल वा ९८५१२८५२९४, ०१–५३८३३४५, ०१–५३६३१४७ मा सम्र्पक गर्न सकिने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar