खोटाङ – खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगको उजुरी परेको छ ।
मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि बराहपोखरी गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी दिएको हो ।
शनिबार बिहान गाउँपालिका अध्यक्षको घरमा पुग्दा मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको अध्यक्ष बञ्जराले आयोगको टोलीलाई गालीगलौज, दुर्व्यवहार गर्दै अश्लील शब्दको प्रयोग गरेपछि प्रहरी चौकी हुक्नाजोर, फाक्टाङमा उजुरी परेको हो ।
राष्ट्रिय मानव अधिकार प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेलाई अश्लील शब्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै आयोगले गाउँपालिका अध्यक्षमाथि आवश्यक कारबाही गरी यस्ता घट्ना दोहोरिन नदिने अवस्था सिर्जना गर्न प्रहरीसमक्ष अनुरोध गरेको छ ।
खोटाङका डीएसपी उमेश लम्सालले गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीचौकीमा निवेदन परेको बताए । उनकाअनुसार घटनाको विषयमा विस्तृत जानकारी लिने काम भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar