२०८१ आश्विन १, मंगलबार
धादिङ – नेकपा एमाले धादिङको अध्यक्षमा भुमीप्रसाद त्रिपाठी सर्वसम्मत भएका छन् ।
सदरमुकाम धादिङबेसीमा जारी एमाले धादिङको ८औँ जिल्ला अधिबेशनबाट त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । मतदानका लागि शनिबार भएको मनोनयनमा अध्यक्ष पदमा त्रिपाठीको मात्रै उम्मेदवारी परेको थियो । संघीय सांसद समेत रहेका त्रिपाठी निवर्तमान अध्यक्ष पनि हुन् ।
यस्तो छ राजनितीक ईतिहाँस :
वि.सं.२०३६ सालबाट गजुरीको तत्कालीन आदर्श माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका अधयक्ष त्रिपाठी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियुमै सक्रिय रहेका थिए । त्रिपाठी नेपाल ल क्याम्पसको स्ववियु सचिव समेत बनेका थिए।
राजधानीमा विद्यार्थी संगठनमा रहेर काम गरेका उनी २०५४ मा पार्टी विभाजनपछि धादिङ फर्केर पार्टीको सक्रिय राजनीतिमा लागेका थिए। २०५४ सालमा नेकपा एमालेको सदस्य भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव र त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङको कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए।
धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखुमा जन्मेका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar