२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – पब्जीबाट साथी बनी लिभिङ टुगेदर बस्दै आएका एक युवा युवती मृत अवस्थामा फेला परेका छन् ।
अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’बाट संखुवासभाका अनिश जिमी र खोटाङकी युसुना राई साथी बनेका थिए। साथी बनेका उनीहरु २२ दिन पहिलेदेखि सँगै बस्ने समेत गर्न थाले। उनीहरु प्रेमि–प्रेमिकाको रुपमा काठमाडौं महानगरपालिका–६, बौद्ध फैकामा बस्न थालेका थिए। तर, बिहीबार राति लिभिङ टुगेदरमा बसेका उनीहरु दुवैजना आफ्नै कोठामा मृत अवस्थामा भेटिए।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। यद्यपी प्रहरीले उनीहरु लिभिङ टुगेदरमा बस्दै आएको र पब्जी खेलबाट साथी बनेको जानकारी दिएको छ। प्रहरीका अनुसार २६ वर्षीय अमिश र २२ वर्षीया युसुना लिभिङ टुगेदरमा बस्दै आएका हुन्।
कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा मृत भेटिएकी युवतीको शरीरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको प्रहरीले जनाएको छ। त्यस्तै केटाको घाँटीमा चक्कुले रेटेको चोट छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक ९एसपी० दिनेश मैनालीका अनुसार गएराति साढे १२ बजे खबर पाएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो।
मैनालीका अनुसार घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् भने अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा पुर्याएका थिए। तर, अस्पतालमा उनको मृत्यु भयो।
अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘युवतीको हत्यापछि युवकले आत्महत्या गरेको जस्तो देखिन्छ। पब्जी खेलकै कारण एकार्कालाई हान, ठोकलगायत आवाज सुनिएको पाइएको छ। पब्जीकै कारण घटना भएको हो कि भन्ने छ,’ मैनालीले भने।
उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएकाले थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए। प्रहरीले घटनास्थलबाट धारिलो हतियार समेत बरामद गरेको जनाएको छ। त्यस्तै कोठामा रक्सीको बोत्तल, चुरोटका ठुटा र मासु पनि भेटिएको छ।
मृतक अनिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन्। बिहीबार साँझ जिमीकी ठूली आमासँगै उनीहरु खाना खाएर आफ्नो कोठामा गएका थिए।
कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी ठूली आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर गरेकी थिइन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar