
सर्लाहि – नेकपा (एकीकृत समाजवादी) सर्लाहीका एक नेताले आफूलाई नेकपा (एमाले)ले जबर्जस्ती वडाध्यक्ष बनाएको भन्दै आपत्ती प्रकट गरेका छन्।
एमालेले वडाध्यक्ष बनाएको २४ घण्टा नबित्दै उनले आफू एकीकृत समाजवादीमै प्रतिवद्ध रहेको भन्दै विज्ञप्तिसमेत जारी गरेका छन्। सर्लाहीको बागमती नगरपालिका २ धरहराका कुलबहादुर भोलनलाई पुस १८ गते एमालेले सोही वडाको वडाध्यक्ष बनाएको थियो।
उनले भोलिपल्ट विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमै रहेको जानकारी गराएका हुन्। भोलनलाई आइतबार एमालेले बागमती नगरपालिका २ को वडाध्यक्ष बनाएको थियो। उनले सोमबार विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा नै प्रष्टिकरण दिएका हुन्।
एमालेको वडा भेलामा उनलाई अध्यक्ष भएको घोषणा गर्दै अबिर लगाइएको थियो। आफूलाई केही व्यक्तिले कार्यक्रम छ भनेर झुक्याएर एमालेको वडा भेलामा लगेर जबर्जस्ती अध्यक्ष भन्दै अबिर दलेकोप्रति पनि आपत्ती प्रकट गरेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar