२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना उम्मेदवार तय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएका हुन् । सोमबारको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको उनको सचिवालयले जनाएको छ ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेको विरुद्ध सत्ता गठबन्धन एकजुट बनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar