
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar