काठमाण्डौ – राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा (एकीकृत समाजवादी)ले बैठक बोलाएको छ ।
सत्ता गठबन्धनबीच बालुवाटारमा १६ सिट बाँडफाँडपछि पार्टीले आफ्नो भागमा परेका ५ सिटका लागि उम्मेदवार छान्न बैठक बोलाएको हो । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी छ ।
महासचिव भुसालले सोमबार बैठक बसेर नाम टुङ्ग्याउने भनेपनि बैठक बस्ने समय र स्थान भने खुलाएका छैनन् । सत्ता गठबन्धनबीच एकीकृत समाजवादीले २ नम्बर र गण्डकी प्रदेशबाहेकमा उम्मेदवारी दिनेछ । त्यस्तै पार्टीबाट १ पुरुष र ४ महिला उम्मेदवार बनाउन लागेको बुझिएको छ ।
एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar