२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन गरिने भागबन्डामा विषयमा छलफल भइरहेको छ ।
आउँदो १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारी स्वरुप बैठक बसेको हो ।
कांग्रेसले १०, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चार – चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबन्डा गरिन लागेको चर्चाका माझ गठबन्धनको बैठक बसेको हो ।
मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार गठबन्धनको बैठक बसेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar