• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

२ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

२ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • प्रचण्डको प्रस्तावमा लेखनाथ न्यौपानेको १० बुँदे फरक मत : पूर्णपाठ

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष १५, बिहिबार (६ महिना अघि)
  • ५३१ पाठक संख्या
  • prachanda vs lekhnath

    काठमाण्डौ – नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् ।

    प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले ८ बुँदे फरक मत राखेका हुन् । उनले अध्यक्ष प्रचण्डको प्रतिवेदन सातौं महाधिवेशनको प्रतिवेदन भन्दा पछाडि फर्किएको बताएका छन् । ‘ यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याको हल दिन सक्दैन’ उनले भनेका छन्, ‘कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्‍यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नुपर्‍यो ।’ उनले यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्न नसक्ने टिप्पणी गरेका छन् ।

    न्यौपानेको फरक मतको पूर्णपाठ

    हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (११ – १५ पुस २०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत राख्दछु ।

    १. महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदन भन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन । कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नु पर्यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन ।

    २. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन । जमीनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ । त्यसैगरी तीव्र रुपमा भइरहेको आन्तरिक बसाइसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरीबीको रेखामुनि (२३ प्रतिशत) र गरीबीको रेखामुनि (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमीनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।

    ३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन । दक्षिणपन्थी संशोधनवादी दिशामा सोझिएको प्रतिवेदन माओवादी कम्युनिष्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ । उहिल्यै १९५६ मा बदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो । तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अवलम्बन गर्ने हदसम्म ठीक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ । दोस्रो, मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु मार्क्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो । तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गर्छौं त्यो भन्न सक्दैनौं । यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो ।

    २०४८ मंसीरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नं. बुँदा हेर्दा प्रमाणित हुन्छ । त्यहाँ भनिएको छ ‘भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिष्ट आन्दोलनकै सांस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं । हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वमा कम्युनिष्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ । सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो । तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र बुर्जुवाहरुको भन्दा खासै फरक पाइँदैन ।’

    अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ । बोलीको ठेगान नहुने, निम्नस्तरको झूटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखापर्ने गरेका छन् । जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही हुँदैन । गतकालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन् । पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ । अन्यथा ‘घुमिफिरी रुम्जाटार भनेझैं’ हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न ।”

    पार्टी सानो हुँदा, सत्तामा नहुदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा डुबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन् । जिम्मा क–कसले लिने हो ?

    ४. बनिबनाउ वुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु मार्क्सवाद विरोधी हो । पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हाम्रै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं । दोस्रो, चुनावबाट अएको भेनेजुयलाका चावेज जो कम्युनिस्ट होइनन् वामपन्थी मात्र थिए उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुयला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे । अन्मुनियम र तेलमा भएको वैदेशिक लगानीको अन्त्यको घोषणा गर्दैै राष्ट्रियकरण गरे र भूमिसुधार लागु गरेर जमिन्दारहरुको जमिन किसानहरुलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको MCC परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिस्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धीलगायत अन्य असमान सन्धीबारे चुसम्म नबोल्नु जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने सन्दर्भसँग बाँझिन्छ । आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यवहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन ।

    ५. ०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं । एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनहितको मूल्याङ्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो ? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन् । तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ? यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउछ । जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो । त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन । बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आपूm कम्युनिस्ट भएको सार्वजनिक गरे । हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पुराका पुरा सच्याइएनभने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।

    ६. हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ । हाम्रो जीवनशैली र परिवार एव) नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन । सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ । त्यसकारण हाम्रा नेताहरु, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानविन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं । आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारवाही गर्ने आँट गरौं । अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ ।

    ७. एकातिर हामीले दलाल पुँजीवाद विरुद्ध लड्ने कुरा गरेका छौं भने अर्कोतिर दलाल पूँजीवादको घोडा चडेर दौडिरहेको उदार पुँजीवादी शक्तिसँग रणनीतिक मोर्चा बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं । यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पुँजीवादको घोडसवार बन्नुको बिकल्प छैन । सायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुन कुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन । जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुयाउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ साथै यसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ । जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्कृय हुन्छौं तब पार्टीमा अन्तरसंघर्ष विहिन मान्छेहरुको झुण्ड मात्र बाँकी रहन्छ । अन्तरसंघर्ष विहिन पार्टी मृत् पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन ।

    ८. दलाल पुँजीवाद विरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ । पसिना बगााएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका खास आधार हुन । श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पँुजीले हैकम चलाउँछ । विना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के हो ? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो । यसकारण दलाल पँजीसँगको हाम्रो हितैषी सम्बन्धलाई व्यवहारिक अन्त्यको घोषणा, उद्योग÷व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र विचौलीया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी मार्क्सवादी बन्न सक्छौं । आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ । यसरी मात्र दलाल पँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं ।

    ९. एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन । एमालेसँगको चुनावी तामलमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो । त्यस्तो पँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म बिना संकोच गरिरहेका छौं ? यो दक्षिणपन्थ होइन ? अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारवाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ ।

    १०. हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ । तपाई आफै ससशिर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बीर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला ?

  • subhayug
  • अध्यक्ष
  • नेकपा माओवादी केन्द्र
  • पुष्पकमल दाहाल
  • प्रचण्ड
  • राजीतिक प्रस्ताव
  • लेखनाथ न्यौपाने
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    २ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    २ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution