• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१६ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१६ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१७ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१७ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१८ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१८ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

१८ घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

१९ घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

१९ घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

१९ घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

२० घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

२० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    २ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ३ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • आपराधिक जगतका जालिम मियाँ : जसले प्रचण्डलाई छाडी केपी ओलीलाई नै किन रोजे !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष ८, बिहिबार (१ साल अघि)
  • १७५२ पाठक संख्या
  • jalim

    विरगंज – पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ नेकपा (माओवादी केन्द्र) परित्यास गरी आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

    बिहिवार जगरनाथपुरमा आयोजित कार्यक्रममा मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । मियाँ माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा जगरनाथपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    कोरोना भाइरस महामारी सुरु भएको वेला मियाँलाई भारतीय मिडियाहरूले भारतविरोधी करार गरेको थिए । मियाँले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरूलाई आश्रय दिएको र भारतमा घुसपैठ गराउन खोजेको उनीहरूले आरोप लगाएका थिए । उनीमाथी भारतविरोधी क्रियाकलाप गरेको भन्दै बिभिन्न आरोप लागदै आएको छ । यसअघी उनीलाई भारतले मोस्ट वान्टेडको सुचीमा समेत राखेको थियो । यद्धपी हालसम्मपनि उनको नाम मोस्ट वान्टेडको सुचीबाट हटाएको छैन ।

    यस्तो छ जालिम मियाँको इतिहास

    भारतको गुप्तचर विभागले भारतमा कोरोना संक्रमण फैलाउने षडयन्त्रको इनपुट दिएको जालिम मियाँ वास्तवमै अत्याचारी हुन् ।

    भारतीय सञ्चारमाध्यम आज तकका अनुसार भारत र नेपालको सीमामा जति पनि अनैतिक कामहरू भइरहेका छन् सो कामको मास्टरमाइन्ड जालिम नै हुन् । उनीमाथि आरोप छ कि कोरोना संक्रमित मानिसहरूलाई भारत पठाएर उनी भारतमा विनाश फैलाउन चहान्छन् ।

    गुप्तचर स्रोतका आधारमा भारत-नेपाल सीमामा तैनाथ एसएसबीले बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्ला अधिकारीलाई यस बरेमा सूचित गरेको छ। जिल्ला अधिकारीले जिल्ला एसपीलाई पत्र पठाएको छ। जालिम मियाँको भारततर्फ चालबाजीको लामो इतिहास छ।

    भारतको सीमावर्ती शहर रक्सौलसँगै जोडिएको नेपाल शहर दशकौंदेखि जालिम मियाँको आतंकले ग्रस्त छ। काठको तस्करीबाट सुरु गरेर, जलिम मियाँलाई आईएसआईको आदेशमा भारतीय नक्कली नोटको कारोबारदेखि लिएर एक हिन्दूवादी नेताको हत्यासम्मको आरोप छ ।

    जालिम मियाँलाई पाकिस्तानी नागरिकहरू नेपालको सबैभन्दा ठूलो मुस्लिम धार्मिक बस्ती इजतिमाको बहानामा नेपाल बोलाउन र भारतको निजामुद्दीन क्षेत्रमा अवस्थित मार्कजमा नेपाली परिचयपत्र पठाएको आरोप पनि छ। अपराधलाई राजनीतिक पर्दाले लुकाएका जालिम मियाँलाई पूर्वप्रधानमन्त्री एंवम सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थन रहेको उल्लेख छ ।

    जालिम मियाँ कुनै समयमा प्रतिबन्धित काठको तस्करीका कारण हिरासतमा पनि बसेका थिए । उनी भारतीय गुप्तचर एजेन्सीहरूको नजरमा थिए जब पाकिस्तानबाट आएका नक्कली नोटहरू नेपालका आईएसआई ह्यान्डलर युनुस अन्सारीको आदेशमा भारत पठाउन थालिसकेका थिए। उनको निकटका व्यक्तिहरू नक्कली नोटसहित पक्राउ पर्न थाले पछि उनी केही वर्ष भूमिगत पनि भए ।

    यसैबीच, जब नेपाल पुलिसले आईएसआईको सञ्चालक यूनुसलाई पक्राउ ग-यो र गुप्तचर एजेन्सीहरूले भारत विरोधी कार्यकर्ताहरूको सामना गर्न थाले, तब जालिम आफ्नो ज्यान जोगाउन त्यतिबेलाको सबैभन्दा ठूलो पार्टी माओवादीमा सामेल भए। राजनीतिक शक्ति देखाउनको लागि तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई हेलिकप्टर चार्टर्ड गरेर जालिमले बोलाएको आज तकमा उल्लेख गरिएको छ ।

    जालिममाथि हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न भएको पनि आरोप छ। पुलिसले जालिमलाई यस हत्याको मुद्दामा पक्राउ ग-यो र धेरै महिनासम्म हिरासतमा राख्यो। उनी पछि धरौटिमा रिहा भएका थिए । यसैबीच, नेपालमा सम्पन्न स्थानीय निकायको चुनावमा उनले माओवादीको टिकटमा प्रतिस्पर्धा गरे र भारतीय सिमानामा पर्ने नेपालको जगन्नाथ पुर गाउँको प्रमुखमा निर्वाचित भए ।

    यस वर्ष १५ देखि १७ जनवरी बीचमा नेपालको सप्तरी जिल्ला ताब्लिगी जमातमा मुस्लिमहरूको ठूलो जमघट भएको थियो । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, खाडी देशलगायत १८ देशका मुस्लिमहरूको सहभागिता रहको थियो । करीव साढे दुई देखि तीन लाख मानिसहरूले यसमा भाग लिएका थिए र यसको मुख्य अतिथि वक्ता नयाँ दिल्लीको निजामुद्दीन मार्काज मस्जिदका मौलाना साद थिए ।

    यसभन्दा पहिले नेपाल सरकारले सुरक्षा उल्लेख गर्दै यसलाई प्रतिबन्ध लगाएको थियो । पछि नेपाल, भारत र अरु देशहरुबाट मुस्लिमहरुलाई फिर्ता पठाउने शर्तमा कार्यक्रम गर्नका लागि अनुमति दिइयो ।

    तर, पाकिस्तानबाट नेपाल आएका पछि नेपालमा नै रहेको पुष्टि भएको थियो । जालिम मियाँले ती सबैलाई आश्रय दिएका थिए । जब भारतमा तबलीगी जमातको मुद्दा आयो भारतमा पनि अफरातफरी मच्चियो । सबै मुस्लिमहरू विभिन्न मस्जिदहरूमा लुकेका थिए । नेपाल प्रहरीले छापा मारेको छ र ५० भन्दा बढी पाकिस्तानी धर्मगुरुलाई हिरासतमा लिएको छ । जालिम मियाँको घरबाट ११ पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

  • subhayug
  • अध्यक्ष
  • जगरनाथपुर गाउँपालिका
  • जालिम मियाँ
  • पर्सा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १६ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १६ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १७ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १७ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १८ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १८ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    १८ घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    १९ घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    १९ घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution