२०८० मंसिर १४, बिहिबार
काठमाण्डौ – चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ ।
आ.व.को पहिलो पाँच महिनामै १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म कुल १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०५.६१ प्रतिशत बढी हो ।
गत वर्ष यसै अवधिमा मात्र ५० अर्ब ५ करोड ५६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । भट्मास र पाम आयलको तेलले निर्यातमा भूमिका खेलेको हो । निर्यात बढेको यो वर्ष आयात समेत चुलिएको छ । चालु आवको पाँच महिनासम्म ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ ।
गत आवको यसै अवधिमा मात्र ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ । नेपालको वैदेशिक व्यापार पाँच महिनामै साढे ९ खर्ब हाराहारी पुगेको छ । पाँच महिनाको अवधिमा कुल ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
यो गत आवको यसै अवधिको तुलनामा ६३.५५ प्रतिशतले बढी हो । गत आवमा मात्र ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar