
काठमाण्डौ – नेपालमा संचालित होटल, क्यासिनो, रेष्टुरेण्ट लगायतका प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरुले झेल्नुपरेको समस्याबारे मजदुर युनियनले श्रम मन्त्री कृष्णकुमार श्रेष्ठसमक्ष ज्ञापनपत्र पेश गरेका छन् ।
बिहिवार, नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन केन्द्रिय कमिटीले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठसमक्ष नेपालमा संचालित होटल, क्यासिनो, रेष्टुरेण्ट लगायतका क्षेत्रमा मजदुरहरुले हाल झेलिरहनु परेका बिभिन्न समस्याहरु समाधान गर्न आबश्यक पहल गरि दिन मन्त्री श्रेष्ठसमक्ष अनुरोध गर्दै ज्ञापन पत्र पेश गरेका हुन् ।
ज्ञापन पत्र बुझाउन युनियनका अध्यक्ष दिनेश घिमिरे, उपाध्यक्ष हेमबहादुर पण्डित, सचिब प्रदिप श्रेष्ठ, सदस्यहरु निर्मल तामाङ र बलराम न्यौपाने साथै एकीकृत ट्रेड युनियन महासंघका उपमहासचिब सुनिता थापा सहितको टोली मन्त्रालय पुगेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar