२०८१ भाद्र २२, शनिबार
धादिङ – नेकपा एकिकृत समाजवादी पार्टी धादिङका युवा नेता रामकुमार श्रेष्ठले सिद्धलेकका ११५ जना बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरेका छन् ।
सोमबार, युवा नेता श्रेष्ठले सिद्धलेक गाँउपालिका वडा नं. ६ स्थित् कुम्पुर आधारभुत विद्यालयमा पुगी त्यहाँ अध्ययनरत ११५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
श्रेष्ठले कुम्पुर आधारभुत विद्यालयमामा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा पाँचसम्म अध्ययनरत् विद्यार्थीहरुका लागी एक दर्जन कापी, सिसाकलम लगायतको सामाग्री वितरण गरेको शिक्षक केशर बहादुर वि.क ले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आफु उक्त विद्यालयको पुर्व विद्यार्थी रहेकाले विद्यार्थीहरुको अध्ययनमा सहयोग पुगोस भनी शैक्षिक सामाग्री वितरण गरिएको बताएका थिए ।
त्यस्तै उनले आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताएका छन् । श्रेष्ठ नेकपा एकिकृत समाजवादी पार्टी धादिङका जिल्ला कमिटी सदस्य , युवा संघ नेपालका केन्द्रिय सदस्य तथा पिपुल्स भोलेन्टिएर धादिङका अध्यक्षसमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar