धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बुढिगण्डकी जलविद्युत आयोजनाको काम तत्काल अघी बढ्ने बताएका छन् ।
आईतबार, धादिङको ज्वालामुखी गाउँपालिका ६ मा आयोजित चित्रकालिका जात्रा तथा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले बुढिगण्डकी जलविद्युत आयोजनाका लागी जग्गा मुआब्जामा ठूलो रकम खर्च भईसकेकाले अव तत्काल आयोजनाको निर्माण प्रक्रियाको काम अघी बढ्ने बताएका हुन् ।
सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले आयोजनाको जग्गा मुआब्जामा ठूलो रकम खर्च भईसकेकाले आगामी दिनमा कामले पनि तिब्रता पाउने बताए । त्यस्तै उनले सुरुवाती चरणदेखीनै बुढिगण्डकी आयोजना केन्द्रिय सरकारको प्राथमिकतामा रहेकोसमेत स्पष्ट पारे ।
चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले बुढिगण्डकी आयोजना निर्माणमा दुबिधामा नपर्न स्थानियहरलाई स्पष्टसमेत पारे ।
त्यस्तै स्थानीय विकास निर्माणको विषयमा बोल्दै पाण्डेले जनताको बीचमा बोलेका प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए । उनले भने ‘मैले जे बोल्छु त्यो पुर्याउछु जे पुर्याउदिन त्यो बोल्दिन ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar