महोत्तरी । केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला । तर, महोत्तरीको बर्दिबास नगरपालिका – १ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामो छ ।
केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् । विसं २०७६ को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्रायः केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्ने) भए पनि यो भने दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ ।
घरीको माथिका हाता छुट्टिँदै गए पनि तलसम्मका हाता छुट्टिने र छिप्पिने क्रममा छ । बोट सामान्य मोटाइको भए पनि घरी भने निकै लामो भएपछि अहिले यो केरा हेर्न दिनहुँ आउने गर्छन् ।
कृषि प्राविधिकले भने यो घरी निकै लामो भए पनि माथिका १० – २ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar