
खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत बाझे च्यान डाँडा – दिक्तेल सडक कालोपत्र नसकिँदै भत्किएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – २ सोल्माको छाकालुङ खोलामा निर्माण गरिएको पुल चर्किएको छ । उक्त पुलको बाहिरबाट लेपन लगाएर टालिएको स्थानीयले जानकारी दिए । स्थानीयको अनुसार पुल नजिकैको सडकको डिल समेत भासिएपछि टालिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ६ नेर्पाको माम्खामा टेवा पर्खाल भत्किएको छ । उक्त वडाकै भुलभुले नजिक पनि सडक छेउ भासिएको छ ।
यसबाहेक अन्य दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवा पर्खाल भत्किएको छ । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउँमा फिलिङ माटो माथि पिच गरिएकाले चर्किएको छ । भत्किएको कल्भर्ड, चर्किएको पिचलगायतलाई टालटुल पारेर आँखा छल्न खोजिएको भन्दै ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् ।
नगरपालिकाको दोर्पा, नेर्पा लगायतका क्षेत्रहरूमा गुणस्तरहीन सडक बनेको स्थानीयको गुनासो छ । दोर्पाको ढिकुरेको देवीथान भन्ने ठाउँमा जग नै चिरा परेर भत्किएको, नगरपालिका–६ नेर्पाको कालीखोला पाटी छेउमा सडकको मापदण्ड नपुग्ने गरी साँघुरो बनाइएको छ ।
गुणस्तरहीन काम भएकाले सडक नसकिँदै भत्किएको जनप्रतिनिधिहरूले समेत गुनासो गरेका छन् । नगरपालिका वडा नं–६ का वडाअध्यक्ष माधव राईले भने, ‘गुणस्तरहीन भएकैले भत्किएको हो, यसबारेमा सम्बन्धित निर्माण कम्पनीसँग कुरा गरिनेछ ।’ राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त खण्डको ८८ किलोमिटरमध्ये च्यान डाँडा–पेलुङसम्म दश किलोमिटर पर्छ ।
च्यानडाँडादेखि दिक्तेलसम्मको सडक चार प्याकेजमा निर्माणको काम भएको हो । आयोजनाअन्तर्गतको एक नम्बर च्यानडाँडा–पेलुङसम्मको १० किलोमिटर सडक खण्डको काम बाँकी छ । दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म ८ किलोमिटर, तीन नम्बर प्याकेज दारुला–कालिखोला ९ किलोमिटर र कालीखोला–दिक्तेल ९ किलोमिटर सडक निर्माणको काम सकिएको निर्माणमा संलग्न रमण गोल्डेन गुड जेबी कम्पनी सम्बद्ध साङ्गे शेर्पाले बताए ।
फिलिङ माटो, भूकम्प र वर्षाले सडकको छेउ र पर्खाल भत्किएको हुन सक्ने सेर्पाको तर्क छ । उनले भने, ‘फिनिसिङ नभएकाले सडक बुझाउँदासम्म गुणस्तरीय हुन्छ ।’ यो सडकअन्तर्गतै चखेवा – च्यानडाँडा सडक खण्डको काम अलपत्र परेको छ । उक्त सडक खण्डको काम सिद्धिसाई निर्माण कम्पनीले लिएको हो । कान्तिपुर दैनिकमा समाचार प्रकाशित् छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar