२०८१ भाद्र २३, आईतबार
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने बताएका छन् ।
मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने भन्दै आजको बैठक पनि चल्न नदिने बताएका हुन्। बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’
त्यस्तै संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै ओलीले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए । ‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’ वैठकमा ओलीले धम्कीपुर्ण शैलीमा आक्रोशित् हुँदै यस्तो बताएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar