२०८१ बैशाख २३, आईतबार
काठमाण्डौ – व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै पैसा असुल्ने नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना रहेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै सई ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको थियो ।
‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ परेका हौं’ उनले भने, ‘उनलाई अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’
स्रोतका अनुसार पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । यद्धपी उनको परिचय भने खुलेको छैन । ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए ।
उनीहरुले व्यवसायीसंग २० लाख रुपैयाँ मागेको स्रोतको दावी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar