काठमाण्डौ – नेपाली काँग्रेसको निर्वाचन समितिले काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न राष्ट्रिय सभागृह पुगेका पत्रकारहरुलाई घोक्रेठ्याक लगाएको भन्दै त्यसको विरोध गरेका छन् ।
काँग्रेस महाधिवेशनको स्थित निर्वाचनस्थल सभागृहमा पुगेका पत्रका।रहरुलाई निर्वाचन समितिले घोक्रेठ्याक लगाएर बाहिर निकाल्न खोजेपछि पत्रकारहरुले त्यसको विरोध स्वरुप क्यामेरा डाउन गरेका हुन् ।
निर्वाचनस्थल सभागृहमा समाचार संकलन गर्न पुगेका पत्रकारहरु अहिले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका छन् ।
उनिहरुले पत्रकारहरुलाई सुरक्षाकर्मीले पनि समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar