२०८१ भाद्र २२, शनिबार
धादिङ – नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले धादिङबाट उपेन्द्र जमकटेललाई केन्द्रिय सदस्यको जिम्मेवारी दिएको छ ।
सोमबार अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले एक बिज्ञप्ति प्रकाशित गर्दै देशभरबाट केन्द्रिय कमिटीमा गरी १७८ जनालाई मनोनित गरेको बताएकी छन् । अध्यक्ष सिंहले सार्वजनिक गरेको लिस्टमा बागमती प्रदेशको कोटाबाट केन्द्रिय सदस्यमा धादिङबाट उपेन्द्र जमकटेल पनि समेटिएका छन् ।
गत असोज १४ देखि १८ सम्म काठमाण्डौमा भएको अखिल क्रान्तिकारीको २२ सम्मेलनले पन्चा सिंहलाई अध्यक्षमा चयन गरेको थियो । तर केन्द्रीय कमिटी टुगों लगाउन नसकेको संगठनले सोमबार बिहानै अध्यक्ष पन्चा सिंहले फेसबुक मार्फत केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गरेकि हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar