• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

६ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • धादिङका एमाले नेता खिनबहादुर थापाको यसरी भएको थियो हत्या : यस्तो छ थापाको राजनितीक ईतिहाँस

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर २६, आईतबार (६ महिना अघि)
  • २३१२९ पाठक संख्या
  • khin bd mgr

    धादिङ – वि.सं.२०३६ सालमा भएको बहुदल कि निर्दल भन्ने जनमत संग्रहमा देशव्यापी रुपमा आम जनता बहुदलको पक्षमा आए । सोहि क्रममा धादिङ जिल्लाको साविक सलाङ गा.वि.स.मा पनि बहुदल कि निर्दलको पक्षमा बहश सुरु भयो । सोहि क्रममा धादिङका तात्कालिन कम्युनिष्ट नेता स्वर्गिय खिनबहादुर थापाले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

    उनलाई त्यतिबेला उनका राजनितिक सहकर्मी गोपाल थापाले पनि सघाएका थिए । २०३६ सालको बहुदल कि निर्दल भन्ने जनमत संग्रहमा यी दुईजनाले बहुदलको प्रचारकर्ताको रुपमा निर्वाह गरेको नेता गोपाल थापा बताँउछन् । थापाका अनुसार उनीहरुलाई तात्कालिन मालेका नेताहरु राजेन्द्रप्रसाद पाण्डे, डा.गंगालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी, मिनराज कडेंल, देवप्रसाद त्रिपाठी, कृष्ण अर्याल लगायतले प्रशिक्षित पारेका थिए । उनिहरुको प्रशिक्षणबाटै उनिहरुपनि २०३६ साल देखिनै कम्युनिष्ट राजनीतिमा लागेका हुन् । त्यतिबेला स्वर्गिय खिनबहादुर थापा साविक सलाङ गाविस वडा नं. ५ मैदानमा रहेको पञ्चमुखी प्राथमिक विद्यालय हाल (माध्यमिक विद्यालय)को शिक्षक थिए । उता गोपाल थापा भने पहिलेदेखी नै किसान हुन् ।

    तात्कालिन समयमा बहुदलको पक्षमा होमिएका खिनबहादुर र गोपाल दुवैले सल्लाहमा राजनितीमा सक्रिय रहने निधो गरेका गोपाल थापा बताँउछन् । राज्यको तलव सुविधा लिएर राजनिती गर्न नपाउने भएका कारण खिनबहादुरलाई पनि शिक्षण पेषाबाट राजिनामा दिन लगायर सक्रिय राजनितीमा होमायको थापाले बताए । गोपाल थापाको आग्रहलाई स्विकार गरी राजनीतिमा होमिएका खिनबहादुरले शिक्षण पेशा छाडेर पूर्ण रुपमा राजनीतिमा लागे भने, गोपाल पनि किसान संगठनको जिल्ला कमिटि सदस्य बनेका थिए ।

    ०३६ सालपछीको राजनितिक दौरानका क्रममा सलाङबाट मालेको नेतृत्व गर्दै यी दुवै जना नेकपा एमाले धादिङको जिल्ला स्तरिय नेता बनिसकेका थिए । राजनितीसंगै समाजसेवा गर्दै आएका खिनबहादुर थापा नेपाल मगर संघ धादिङको समेत अध्यक्ष बनेका थिए ।

    उनै खिनबहादुर थापाको तात्कालिन सशस्त्र द्धन्दरत् पक्ष नेकपा माओवादीले संचालन गरेको जनयुद्धको समयमा वि.सं.२०६० साल मंसिर २६ गते हत्या भयो ।

    यसरी भएको थियो हत्या

    वि.सं.२०६० साल मंसिर १ गते सशस्त्र द्धन्दरत् पक्ष नेकपा माओवादीले संचालन गरेको १० वर्ष लामो जनयुद्धको इतिहासमा पृथ्वी राजमार्ग अन्र्तगत् धादिङको कृष्णभीरमा भिषण भिडन्त भएको थियो । जसलाई कृष्णभीर भिडन्त भनिन्छ । उक्त भिडन्तमा तात्कालिन सशस्त्र द्धन्दरत् पक्ष नेकपा माओवादीले महाविजयी प्राप्त गरेको थियो । भिडन्तपछि द्धन्दरत् पक्ष नेकपा माओवादी लडाकुहरुको टोली गोरखाको घ्याल्चोक हुँदै सेफ ल्याण्डिङका लागी धादिङको सलाङ आएको थियो ।

    उनिहरु साविक सलाङ गाविस अर्थात हालको सिद्धलेक गाँउपालिकास्थित् वडा नं.३ को दुर्वाथोक भन्ने गाँउमा खानपिन गरी नुवाई धुवाई गर्ने क्रममा सर्च अप्रेशनका लागी भैरवनाथ दल गण काठमाण्डौबाट आएको नेपाली सेनाको टोलीसंग पुनः भिडन्तमा परेका थिए । पुर्ण तयारीका साथ बसेका कारण कृष्णभीरमा भिडन्तमा विजयी प्राप्त गरेका उनिहरुमाथी अकास्मात् नेपाली सेनाले आक्रमण गरेपछि उक्त भिडन्तमा भने माओवादी पक्षले ठुलो नोक्शानी व्यहोर्नु परेको थियो ।

    उता अकास्मात् नेपाली सेनाले माओवादी पक्षमाथी आक्रमण गर्नु र सोहिदिन खिनबहादुर थापा काठमाण्डौ जानुनै खिनबहादुरको हत्याको कारण भएको माओवादी निकट श्रोत बताँउछ । श्रोतका अनुसार अकास्मात् नेपाली सेनाले माओवादीमाथी आक्रमण गरेपछी माओवादीको एक टोलीले अनुसन्धान गर्दा दुर्वाथोक गाँउमा माओवादी आएको थाहा पाउलगत्तै स्वर्गिय खिनबहादुर थापा बिहानै गाँउबाट काठमाण्डौ जान घरबाट निस्किएका थिए ।

    माओवादीबाट आफु अशुरक्षित रहेको भन्दै उनी काठमाण्डौ होमिएको श्रोतले बतायो । उता सोहिदिन खिनबहादुर थापा काठमाण्डौ गएकै दिन सेनाले पनि माओवादीमाथी अकास्मात् आक्रमण गरेको थियो । सोहि कारणपनि माओवादीको नजरमा खिनबहादुर माओवादी पक्षको निशानामा परेका थिए ।

    उता माओवादी पक्षको निशानामा परिरहेकै बेला खिनबहादुर थापा पुनः गाँउ फकिएका थिए । उनि गाँउ फर्किने प्रतिक्षामा बसिरहेका माओवादी पक्षले भने खिनबहादुरसंगै उनलाई सघाउने सलाङकै इन्द्रकुमार थापा, कर्णबहादुर थापा (सेनाको अवकाश प्राप्त लप्टन) र गोपाल थापालाई समेत कारवाहिको तयारी थालेको थियो ।

    त्यस्तै खिनबहादुर थापा गाँउ फकिए लगत्तै उनिसहित इन्द्रकुमार थापा, कर्णबहादुर थापा (सेनाको अवकाश प्राप्त लप्टन) तिन जनालाईनैे तात्कालिन माओवादीका कार्यकर्ताले २०६० साल मंसिर २५ गते घरबाटै अपहरण गरेको थियो । उता उनिहरु तिनैजना अपहरणमा परेपनि गोपाल थापा भने अपहरणबाट जोगिएका थिए । मध्येरातमा माओवादी कार्यकर्ताले उनिहरुलाई अपहरण गरेको थाहापाए लगत्तै आफू भने सुरक्षित स्थानतर्फ भागेको गोपाल थापा बताउँछन् ।

    मंसिर २५ गते राती घरबाटै अपहरण गरेको माओवादी कार्यकर्ताहरुले इन्द्रबहादुरलाई अपहरणपछि भोलीपल्ट बिहानै घरमै ल्यायर छाडेका थिए भने केहि समयपछि कर्ण बहादुर थापा (लप्टन)लाई पनि घरमै ल्यायर छाडेका थिए । संगै अपहरणमा परेका उनिहरु तिनैजनामध्ये खिनबहादुर थापालाई भने माओवादी कार्यकर्ताले नछाडेको गोपाल थापाले बताए ।

    उता गाँउका सवैजनाले खिनबहादुरलाई पनि माओवादीले फिर्ता ल्याउने आशामा पर्खिरहेका थिए । तर सोहिदिन मध्येरातमा गाँउनजिकै अकास्मात् गोलि पड्किएको आवाज आयो । उक्त दिन गाँउमा सवैको मनमा आशंका उव्जिएको गाँउलेहरुलाई उदृत गर्दै गोपाल थापा बताँउछन् । “गाउँमा राती गोलि पड्किएको आवाज सुनियो । भोलि पल्ट मंसिर २६ गते बिहानै गाँउलेहरु गोलि पड्कीएको स्थानमा गएर हेर्दा खिनबहादुर थापाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।” उक्त दिन सलाङ गाविसमा मात्र नभई सिंगो देशले एक सपुत गुमाएको गोपाल थापाले बताए ।

    उनै जनप्रेमी नेताका रुपमा परिचित तात्कालिन नेकपा एमालको नेता खिनबहादुर थापा मगरको हत्या भएको आज १८ वर्ष पुरा भएको छ । जनतामा स्थापित नेताका रुपमा चिनिने स्वर्गिय थापाको स्मरणमा एमाले धादिङले खिनबहादुर थापा मगर स्मृति प्रतिष्ठान मार्फत आज स्मृति दिवसको अवसरमा विभन्न कार्यक्रमहरु गर्दै आएको छ ।

     

  • subhayug
  • कृष्णभीर भिडन्त
  • खिनबहादुर थापा
  • खिनबहादुर थापा हत्या
  • खिनबहादुर हत्या
  • जनयुद्ध
  • धादिङ जिल्ला
  • नेकपा माओवादी
  • बहुदल कि निर्दल
  • सलाङ गाविस
  • सशस्त्र द्धन्द
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ६ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution