२०८१ भाद्र २२, शनिबार
धादिङ – बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहकारीको बिकासको लागि प्रदेश सरकारले सहकारी मन्त्रालय स्थापना गरेको बताएका छन् ।
शनिबार, साना किसान कृषी सहकारी संस्था लि. धुषा धादिङको १९औँ वार्षिक साघारणसभा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
पाण्डेले प्रदेश भित्र रहेका हरेक सहकारीको सहजताका लागी बागमति प्रदेशमा छुट्टै सहकारी मन्त्रालय स्थापना गरेको बताए । ‘सहकारीको बिकासको लागि प्रदेश सरकारले सहकारी मन्त्रालय स्थापना गरि सहकारी क्षेत्रको बिकासमा ध्यान दिएको छ । मन्त्रालयको स्थापनापछि सहकारीहरूको बिकासको लागि ठोष कार्यक्रम ल्याउने छ ।’ मुख्यमन्त्री पाण्डेले भने ।
सहकारी स्थापना गरी सहकारीको बिकासमालागी परेका नेताहरु अहिले प्रदेश सरकारको नेतृत्वमा रहेकाले प्रदेशमा छुट्टै सहकारी मन्त्रालय नै स्थापना गरि सहकारी क्षेत्रको बिकासमा ध्यान दिएको पाण्डेको भनाई थियो ।
त्यस्तै प्रदेश सरकारले सहकारी मार्फत जनतालाई उद्यम गरी उत्पादन बढाउन १ अर्ब रूपैया ३ प्रतिशतमा सहुलियत ऋण दिने ब्यबस्था गरेको पनि मुख्यमन्त्री पाण्डेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar