२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – सन् २०२१ लाई फर्केर हेर्दा तपाईंले गुगलमा के के खोज्नुभयो त ? गत वर्ष गुगलमा सबैभन्दा बढि खोजी भएको शीर्षक कोरोना भाइरस थियो । यो वर्ष भने प्रयोगकर्ता विस्तारै आफ्नै पुरानो दैनिकीमा फर्किएको जस्तो देखिन्छ ।
किनभने यो पटक गुगल सर्चमा कोरोना भाइरस तथा भ्याक्सिनले त्यति धेरै स्थान पाएन । हुन त सन् २०२१ मा गुगलमा सबैभन्दा बढी खोजिएका समाचारमध्ये तेस्रो स्थानमा कोरोना नै रहेको छ । तर, अन्य हिसाबले कोरोना शब्दले यो वर्ष त्यति धेरै स्थान पाएन ।
गुगलले सन् २०२१ मा सबैभन्दा धेरै खोजी भएका विभिन्न शीर्षकहरूको सूची सार्वजनिक गरेको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि गुगलले सन् २०२१ मा सर्वाधिक खोजी भएको समाचार, कलाकार, खेलाडी, खानेकुरा, गेम, मुभिज, मान्छे, गीत, टिभी सो लगायतको सूची सार्वजनिक गरेको हो ।
यो वर्ष सबै भन्दा बढी खेलकुदसँग सम्बन्धित विषय खोजी भएको छ । हुन पनि हो कोरोनाका कारण सन् २०२० मा आयोजना नभएका खेल समेत यो वर्ष सम्पन्न भयो । त्यो हुँदा धेरैका लागि खेलकुद यो वर्ष चासोको विषय बन्यो । त्यसैले पनि धेरै प्रयोगकर्ताले विभिन्न खेलका बारेमा गुगलमा वर्षभरी सर्वाधिक खोजी गरेको गुगलले जनाएको छ ।
२०२१ मा सर्वाधिक खोजी गरिएको शीर्षक
यी लगायत विषयगत रुपमा हेर्दा समाचार तर्फ सबैभन्दा धेरै अफगानिस्तानको समाचार खोजी भएको छ । तालिवानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँको अवस्था धेरैका लागि चासोको विषय बनेको थियो । भने कोभिड भ्याक्सिनसँग सम्बन्धित समाचार तेस्रो स्थानमा छ ।
त्यस्तै सबैभन्दा धेरै खोजी गरिएको कलाकारमा ‘एलेक बाल्डविन’ रहेका छन् भने खेलाडीमा ‘क्रिश्चियन एरिक्सन’ रहेका छन् । खाने कुरामा ‘बिरिया टाकोज्’ रहेको छ ।
खेलतर्फ भने सबैभन्दा धेरै ‘पपक्याट’ को खोजी गरिएको छ जबकी टिभी सो तर्फ भने ‘स्क्विड गेम’ रहेको छ । त्यस्तै गुगलमा सर्वाधिक खोजिएको स्पोर्टस् टिम ‘रियल म्याड्रिड’ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar