• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

६ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • साढे चार महिनामै एक तिहाइ राजस्व शंकलन

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार (६ महिना अघि)
  • ५७२ पाठक संख्या
  • artha mantralaya

    काठमाण्डौ – सरकारले पुँजीगत खर्च गर्ने क्षमता गुमाएर दीर्घकालीन आम्दानीलाई गम्भीर धक्का दिए पनि कर तिर्नुपर्ने करदाताहरुले भने आफ्नो तर्फबाट राज्यलाई बुझाउनुपर्ने कर समयमै बुझाएको देखिएको छ । यद्यपि सरकारी ढिलासुस्ती र लापरबाहीले तथा करदाताहरुकै बदमासीको कारण करछली गर्ने र लुकाउने प्रवृत्तिमा भने नियन्त्रण आउनसकेको छैन ।

    सरकारले चालू आर्थिक वर्ष सुरु भएको साढे चार महिनामा छ प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेको छैन भने कर भने वार्षिक लक्ष्यको एक तिहाइ संकलन गरिसकेको छ । सरकारी आम्दानी र खर्चको रेकर्ड राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर २१ गते मंगलबारसम्म ३२ दशमलव ४९ प्रतिशत राजस्व संकलन भइसकेको छ । उक्त राजस्व संकलन वार्षिक लक्ष्यको तीन भागमध्ये करिब एक भाग नजिक हो ।

    चालू आर्थिक वर्ष २०७८/०७८ लाग्नासाथ सरकारले केही योजना तथा आयोजनाहरुको काम अगाडि नबढाउन भन्दै परिपत्र गरेपछि अधिकांश पुँजीगत कामका टेण्डर प्रक्रिया नै रोकिएको थियो । पुँजीगत खर्च १० प्रतिशत माथि पुग्ने बेलामा योजनाहरुको धमाधम टेण्डर हुनथालेको छ । यसले चालू आवमा पुँजीगत खर्चमा ठूलो धक्का पुग्ने निश्चित छ । तर, पनि राजस्व संकलनमा भने कुनै कमी आएको छैन ।

    राजस्व संकलन भएर सरकारी खातामा जम्मा हुने तर खर्च हुन नसक्दा सरकारी खाताको पैसा निजी बैंक तथा वित्तीय संस्थामा जान सकेको छैन । यसले बजारमा लगानीयोग्य रकमको चरम अभाव देखाएको छ । खर्च हुन नसकेको कारण सरकारी खातामा राजस्वको रकम थुप्रिन पुग्दा काम गर्ने वर्गले पर्याप्त पैसा पाउनसकेका छैनन् । यसले समग्र विकासको गतिविधिमै धक्का पुगेको छ । समयमै पुँजीगत खर्च हुन नसक्नु भनेको राज्यको दीर्घकालीन आम्दानीको स्रोतमा धक्का पुग्नु हो । खर्च कम भएर नगद प्रवाहमा गतिरोध उत्पन्न हुँदा पनि सरकारले पुँजीगत खर्च गर्ने फास्ट ट्र्याक नीति अवलम्बन गर्नसकेको छैन । यसले तत्कालभन्दा पनि आगामी दिनहरुमा थप समस्या ल्याउने देखिन्छ ।

    राजस्व संकलन हुने तर खर्च गर्न नसक्ने सरकारी अक्षमताको शिकार आम नागरिक हुनुपरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले पैसाको अभावमा कुनै पनि शीर्षकमा ऋण प्रवाह गर्नसकेका छैनन् । यसले गरिखाने वर्ग बढी मारमा परेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले सही नीति लिन नसकेको कारण पैसा जम्मा हुने तर खर्च नहुने अवस्था सिर्जना भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व लक्ष्यको ३३ दशमलव शून्य पाँच प्रतिशत, गैरकर राजस्व २७ दशमलव १७ प्रतिशत संकलन भइसकेको छ । तर, पुँजीगत खर्च भने पाँच दशमलव ८२ प्रतिशत, चालू खर्च २८ दशमलव ९८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ २१ दशमलव आठ प्रतिशत खर्च भएको छ ।

    गत जेठ १५ गते ल्याएको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटमा संघले खर्च गर्न चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड, पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड विनियोजन गरिएको थियो । उक्त खर्च गर्नका लागि १० खर्ब ५० अर्ब ८२ करोड आन्तरिक स्रोतबाट संकलन गरिने उल्लेख गरिएको थियो । बाँकी रकम भने आन्तरिक ऋण र वैदेशिक ऋण तथा अनुदानबाट जुटाउने उल्लेख गरिएको थियो । तर, वैदेशिक ऋण तथा अनुदान पर्याप्त मात्रामा आउन नसके पनि आन्तरिक स्रोतबाट भने आशा गरेअनुसार नै कर राजस्व संकलन भएको छ । तर, संकलित राजस्व नै खर्च हुन नसकेको कारण कतै रकम थुप्रिने त कतै खर्च अभाव भइरहेको छ ।

  • subhayug
  • पुँजीगत खर्च
  • राजस्व शंकलन
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ६ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution