काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नै बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्त गरेकी छिन् ।
मन्त्री रेग्मीको सिफारिसमा बुहारी मोनिका भट्टराई अधिकारीलाई परिषदको उपाध्यक्षमा नियुक्त गरिएको हो । विजय अधिकारी मन्त्री रेग्मीका छोरा हुन् । विजयकी पत्नी मोनिकालाई उपाध्यक्ष बनाइएको हो ।
छोरा विजयले मन्त्रालयमा आमाको पावर देखाएर हालिमुहाली गर्दै आएका छन् । मन्त्री रेग्मी नेपाली कांग्रेसकी नेतृ समेत हुन् । आमा मन्त्री बनेपछि छोरा विजय र बुहारी मोनिका केही समय अगाडि अमेरिकाबाट नेपाल आएका हुन् । मन्त्री रेग्मीले आफ्नै बुहारीलाई परिषदको उपाध्यक्षमा नियुक्ति दिएपछि विरोध भएको छ । नेपाली कांग्रेस निकटको लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ – नेपालले बुहारीलाई उपाध्यक्ष बनाएको भन्दै विरोध गरेको छ ।
महासंघका महासचिव मनोजकुमार कँडेलले ज्ञापन पत्र बुझाउँदै मन्त्रीलाई निर्णय सच्याउन ध्यानाकर्षण गराएका छन् । आमा, छोरा र बुहारी मिलेर मन्त्रालयमा आतंक मच्चाएको भन्दै मन्त्री रेग्मीको आलोचना भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar