• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • अख्तियारले सफाइ दिएका उत्तरपुस्तिकामै त्रुटि : उत्तर नलेख्दा पनि अंक दिएको खुलाशा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (७ महिना अघि)
  • ५१३ पाठक संख्या
  • akhtiyar tu

    काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उत्तरपुस्तिकामै त्रुटि भेटिएको छ ।

    स्थायी पदपूर्तिका लागि लिइएको परीक्षाको उत्तरपुस्तिकामै अनियमितता गरेको भेटिएपछि अख्तियारले नै पुनः छानबिन थालेको छ । त्रिवि सेवा आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा १६ पदमा खुला विज्ञापन गरेको थियो । २०७५ मा परीक्षा लिएर २०७६ वैशाखमा नतिजा सार्वजनिक गरिएको थियो । नतिजा प्रकाशनका क्रममा ‘सेटिङमा उत्तरपुस्तिका परीक्षण’ गरिएको र ‘आफन्तलाई पास गराउन बढाएर नम्बर दिएको’ भेटिएको थियो ।

    अख्तियारले १६ वटै पदका परीक्षाको उत्तरपुस्तिका छानबिन गरेर ६ वटा पदमा मात्रै अनियमितता गरेको निष्कर्ष निकाल्दै विशेष अदालतमा आयोगका पदाधिकारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । उक्त मुद्दा विचाराधीन हुँदै अख्तियारले ९ वटा पदको उत्तरपुस्तिकालाई सफाइ दिएको थियो । तर सेवा आयोगले नतिजा प्रकाशन गर्ने क्रममा अख्तियारले सफाइ दिएकै उत्तरपुस्तिकामा जथाभावी अंक दिइएको भेटिएको हो ।

    अख्तियारका तत्कालीन अनुसन्धान अधिकृत रामप्रसाद सुवेदीले ‘उत्तरपुस्तिकाको परीक्षणमा अनियमितता देखिन नआएको’ भन्दै सफाइ दिएका थिए । उपसचिव सुवेदी हाल काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख छन् । त्रिवि सेवा आयोग स्रोतका अनुसार पास नहुने विद्यार्थीलाई स्थायी जागिर खुवाउन एक सय पूर्णाङ्कमा ८० भन्दा बढी नम्बर दिइएको छ । ‘कुनै उत्तरपुस्तिकामा नम्बर नै दिइएको छैन, तर बाहिर कभरमा १० पूर्णाङ्कमा ८ नम्बर छ । कुनै उत्तरपुस्तिकामा १० पूर्णाङ्कको प्रश्नको कम्तीमा १ पेज उत्तर लेख्नुपर्नेमा एक वाक्यमा मात्र लेखिएको छ, त्यसलाई शून्य दशमलव ५ अंक दिइएको छ तर बाहिर कभरमा त्यही प्रश्नको उत्तरबापत ८ नम्बर दिएको भेटिन्छ,’ उत्तरपुस्तिका रुजुमा संलग्न एक कर्मचारीले भने ।

    उत्तरपुस्तिका परीक्षक र विषय विज्ञले मनोमानी रूपमा अंक दिएर आफ्नालाई पास गराउन उत्तरपुस्तिका परीक्षणको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको आयोग स्रोतले जनायो । नम्बर दिँदा कुनै उत्तरपुस्तिकामा नम्बर थप्न र कुनैमा घटाउन पटक/पटक केरमेट गरिएकोसमेत भेटिएको छ । ‘उत्तरपुस्तिकामा गरिएको त्यो हदको बदमासी अख्तियारसँगको सेटिङबिना सदर हुनै सक्दैन,’ उत्तरपुस्तिका रुजुमा पछिल्लोपटक संलग्न एक पदाधिकारीले भने ।

    पछिल्लोपटक उपप्रशासक, आर्थिक उपनियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत/इन्जिनियरिङ/कम्प्युटर, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक, प्राविधिक सहायक, ड्राइभरलगायत पदको परीक्षामा मनोमानी गरेको पाइएको हो । यी सबै पदका ५ सय ७६ वटा उत्तरपुस्तिका अख्तियारले पुनः नियन्त्रणमा लिएको हो ।

    ‘अख्तियारकै निर्देशनमा १० वटा पदको नतिजा प्रकाशन गर्ने तरखरमा थियौं,’ सेवा आयोगका प्रमुख केदारनाथ ढकालले भने, ‘पुनः अख्तियारले कापी झिकाएको छ, अरू कुरा त छानबिनपछि नै थाहा होला ।’ अख्तियारले नै छानबिन गरेर त्रुटि छैन भनेका उत्तरपुस्तिका पुनः छानबिनका लागि मगाइएको उनको भनाइ छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले त्रिवि सेवाको उत्तरपुस्तिका नियन्त्रणमा लिएर अनुसन्धान थालेको पुष्टि गरे ।

    भएको के थियो ?

    शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य लेखा कार्यालय सहायक र कार्यालय सहायकसहित १६ पदका लागि त्रिवि सेवा आयोगले २०७३ चैत २९ मा खुला विज्ञापन आह्वान गरेको थियो । २०७५ मा परीक्षा लिएर २०७६ वैशाखमा नतिजा प्रकाशन गरियो । लिखित परीक्षामा त्रिविका तत्कालीन पदाधिकारी, विद्यार्थी संघ/संगठन र राजनीतिक पार्टीका नेताहरूका नातेदारमात्रै सफल गराइएको भनेर अख्तियारमा उजुरी परेको थियो ।

    उजुरीका आधारमा अख्तियारले उत्तरपुस्तिकालगायत परीक्षाका कागजात नियन्त्रणमा लिएर २०७६ जेठ १२ मा अन्तर्वार्तालगायत परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न निर्देशन दिएको थियो । छानबिनपछि असार १८ मा अख्तियारले ‘परीक्षाको परिणाम फेरबदल गर्ने, गराउने काम गरी भ्रष्टाचार गरेको’ आरोपमा आयोगका तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मालगायत १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्‍यो ।

    सेवा आयोगका तत्कालीन सदस्य चिन्तामणि पोखरेल, प्रमुख परशुराम कोइराला, कर्मचारीहरू बच्चु पाण्डे, इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको थियो । त्यतिबेला अख्तियारले १६ मध्ये ६ पदमा मात्रै अनियमितता भएको जनाएको थियो । ‘अन्य पदहरूको लिखित परीक्षाको उत्तरपुस्तिकाहरूको परीक्षणमा अनियमितता भएको देखिन नआएको हुँदा यस सम्बन्धमा जो जे गर्नुपर्ने हो त्यहींबाट नियमअनुसार गर्न सम्बन्धित उत्तरपुस्तिका त्रिवि सेवा आयोगमा फिर्ता पठाइएको व्यहोरा अनुरोध छ,’ अख्तियारले २०७६ असार २० मा सेवा आयोगलाई लेखेको पत्रमा भनिएको छ ।

    अख्तियारले ९ पदका उत्तरपुस्तिका सफाइसहित फिर्ता गरेपछि नतिजा प्रकाशन गर्न सेवा आयोगलाई परीक्षार्थीले दबाब दिन थालेका थिए । ड्राइभर पदको भने उत्तरपुस्तिका थिएन । अनियमिततामा संलग्न पदाधिकारी निलम्बित भएपछि सेवा आयोग अध्यक्षमा लालुप्रसाद पौडेल, सदस्यमा हेमराज ढकाल र कार्यालय प्रमुखमा केदारनाथ ढकाल नियुक्त भए । उनीहरू ती ६ पदसँग सम्बन्धित मुद्दाको टुंगो विशेष अदालतबाट नलाग्दासम्म बाँकी १० पदको पनि अन्तिम नतिजा प्रकाशन नगर्ने मनस्थितिमा थिए । तर केही परीक्षार्थी पाटन उच्च अदालत गए ।

    भदौ ९ मा उच्च अदालतले अख्तियारले सफाइ दिएका पदको अविलम्ब नतिजा प्रकाशन गर्न परमादेश जारी भयो । अदालतको आदेशअनुसार नतिजा प्रकाशनको तयारी गरिरहेका बेला अख्तियारले पुनः उत्तरपुस्तिका नियन्त्रणमा लिएको अध्यक्ष पौडेलले जनाए । पुनः उजुरी परेपछि ती उत्तरपुस्तिका मगाइएको अख्तियार स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट ।

  • subhayug
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • अनियमितता
  • त्रिभुवन विश्वविद्यालय
  • सेवा आयोग
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution