२०८१ आश्विन २७, आईतबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको थियो भने आज यसको दरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर १२० रुपैयाँ ९८ पैसा कायम गरेको युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ०३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६१ पैसा र बिक्री दर १६० रुपैयाँ ४० पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६० पैसा र बिक्री दर ८५ रुपैयाँ ०२ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्री दर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर ३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar