
सिन्धुली – बागमती प्रदेश सरकारले काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ।
सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नं. २ र ४ लाई जोड्ने मरिण खोलामा निर्माण हुने पक्की पुलको शनिबार शिलान्यास गर्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काम नगर्ने कर्मचारीलाई ‘कारबाही ठोक्ने’ सम्मको योजना बनाएको सुनाए।
जनताको काम सात दिनभित्र गरिसक्ने परिपाटीको विकास गर्न प्रदेश सरकार लागेको भन्दै उनले प्रदेशका कार्यालयभित्र गएर जनताले दिएको निवेदन सातभित्र कार्यान्वयन भएन भने के कारणले भएन? भन्ने स्पष्टिकरणसहित कार्यान्वयन नगर्ने कर्मचारीलाई ‘कारबाही ठोक्ने’ बताए।
‘कुनै पनि काम भोलि गरौला भन्ने होइन, भोलि त तपार्इँको जिन्दगीकै ठेगान छैन’, उनले भने, ‘त्यसैले भोलि भनेर पर्खिने होइन, आजैबाट गर्ने हो।’
बागमति प्रदेश सरकारको १९ करोड २४ लाख ४१ हजार ८१७ रुपैयाँ ६३ पैसामा निर्माण सुरु भएको उक्त पुल निर्माणको जिम्मा हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छ। २०७८ साल असार २२ गते सम्झौता गरी २०७९ साल पुस २२ गतेसम्म निर्माण सक्ने गरी सम्झौता भएको उक्त पुलको लम्बाई २६२ दशमलब ४० मिटर लामो रहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव असोक कुमार साहले बताए।
पुलको कुल चौडाई आठ दशमलब चार मिटर रहेको छ भने पुलको दायाबाँया एक दशमलब दुई मिटर फुटपाथ रहने छ। स्पान सङख्या पाँच वटा रहेको छ।
उक्त पुल बागमती प्रदेश सरकारले बनाएको पहिलो लामो पुल भएको सचिव साहले जनाए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar