२०८१ आश्विन २५, शुक्रबार
एजेन्सी – चर्चित् सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी पदबाट ज्याक डोर्सीले दोस्रो पटक राजीनामा दिएका छन्।
पहिलो पटक आफूले स्थापना गरेको ट्विटर छाडी डोर्सीले यसअघी सन् २००१मा एकदमै सफल विद्युतीय भुक्तानी माध्यम स्क्वायर स्थापना गरेका थिए। पछी उनी सन् २०१५ मा पुनः ट्विटरमा फिर्ता आए। यद्धपी उनले हालै ट्विटरको प्रमुख कार्यकारी पदबाट दोस्रो पटक राजीनामा दिएका हुन्।
गत सोमवारसम्म उनी दुवै कम्पनीका प्रमुख कार्यकारी थिए जुन कुरा उनका धेरै लगानीकर्तालाई मन परेको थिएन। गत वर्ष ट्विटरमा ठूलो लगानी रहेको एलिअट म्यानेजमेन्टले उनलाई दुई पदमध्ये एक रोज्न दबाव दिएको थियो। उनीहरू ट्विटरका लागि मात्रै समय दिने प्रमुख कार्यकारी खोजेका थिए। यही कुराले ट्विटरबाट उनले राजीनामा दिँदा पनि कम्पनीको शेअर मूल्य धेरै ओरालो नलागेको बताइन्छ।
लगानीकर्ताहरूले लामो समयदेखि ट्विटरले आफ्नो विशाल सङ्ख्याको प्रयोगकर्ताका कारण कमाउन सक्ने पैसाप्रति ध्यान नदिएको सोच राखिरहेका थिए। र त्यसका लागि ट्विटरलाई मात्रै प्राथमिकतामा राख्ने प्रमुख कार्यकारी उपयोगी हुन सक्छन्। गुगल र फेसबुकको तुलनामा ट्विटर धेरै सानो खेलाडी हो।
डोर्सीका कारण नै ट्विटरले पैसा कमाउन नसकेको धेरैको मत थियो। ट्विटर निर्माणमा योगदान गरेका डोर्सीले प्रयोगकर्तालाई नराम्रो अनुभव दिएर अर्थ सङ्कलन गर्ने सोचेका थिएनन्। उनले नाफा कमाउने केही परीक्षणहरू भने गरेका थिए। उनले सन् २०२३ को अन्त्यसम्म ३१ करोड ५० लाख अमेरिकी डलर कमाउने लक्ष्य राखेका थिए।
ट्विटरले महामारीमा थुप्रै प्रयोगकर्ता थपे पनि त्यो लक्ष्य सहज लाग्दैन। अब त्यो लक्ष्य नवनियुक्त प्रमुख कार्यकारी पराग अग्रवालको हुनेछ। भारतमा जन्मिएका अग्रवालले तल्लो तहमा सुरु गरेर प्रतिस्पर्धी र सम्मानित प्रमुख प्रविधि अधिकृतको पदमा पुगेका थिए। उनलाई जोखिम नलिने सुरक्षित व्यक्ति मानिएको छ र उनको अगाडि ठूलो लक्ष्य छ।
ट्विटर फेसबुक होइन र योसँग प्रयोगकर्ताको तुलनात्मक रूपमा निकै कम जानकारी छ। त्यसैले ती जानकारी विज्ञापनदाताका लागि धेरै उपयोगी हुन्न।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar