२०८१ भाद्र २२, शनिबार
चितवन – नेकपा एमालेको जारी महाधिबेशनमा नेकपा माओवादी केन्द्रबाट आएका तीन जनालाई पदाधिकारी दिईएको छ ।
एमालेको जारी महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पदाधिकारीमा समेटेका हुन् । ओलीले घोषणा गरेको सूचीमा उपाध्यक्षमा बादल, सचिवमा रायमाझी र भट्ट परेका छन् । तर १० बुँदे सहमति गरेर एमालेमै बसेका भीम रावल, घनश्याम भुसाल र भीम आचार्य पदाधिकारीमा परेनन् ।
ओलीको उक्त घोषणाप्रति रावल र भुसालले आपत्ति जनाएका छन् । अहिले आठ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियामा रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले पनि उपाध्यक्षको दाबी छाडेका छैनन् ।
सूचीमा नपरेका अन्य पदाधिकारी र सदस्यका आकांक्षीले पनि असन्तुष्टि जनाइरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar