२०८१ आश्विन २०, आईतबार
धादिङ – नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका रामनाथ अधिकारी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । सभापतिका लागि देउवा पक्षका ढुंगाना र पौडेल पक्षका अधिकारीबीच मतदान भएको थियो । ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो । अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामाले साथ दिएका थिए ।
सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् । धादिङ क्षेत्र नं. २ बाट महासमिति सदस्यमा दिलमान पाख्रिनले सबैभन्दा उत्कृष्ट मत पाएका छन् । त्यसपछि क्रमश भीमप्रसाद ढुंगाना, रमेश धमला, रामनाथ अधिकारी र डा. राजाराम कार्की महासमिति सदस्यमा निर्वाचित भएका छन् । ३ जना यसअघि नै निर्विरोध भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar