
चितवन – नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले आफुले वरिष्ठ उपाध्यक्ष पदमा दावी नछाड्ने बताएका छन् ।
पदाधिकारीसहितको केन्द्रीय कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको बेला संसदीय दलका उपनेता नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा दावी नछाड्ने भन्दै अध्यक्ष ओलीलाई सन्देश पठाएका हुन् ।
पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा महासचिव ईश्वर पोखरेल र नेम्वाङ दुबैले दाबी गरेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने भन्दै केहिबेर अघी सन्देश पठाएका छन् । पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए ।
ति नेताका अनुसार ओलीलाई पठाएको सन्देशमा आफुभन्दा सिनियर ओलीमात्र भएको र पार्टीमा ओलीपछीको बरियतामा आफै हुनुपर्ने नेम्वाङले बताएका छन् । ‘मेरो नेता केपी ओली मात्र हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई ईश्वर पोखरेल भन्दा जुनीयर बनायर उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’नेम्वाङको भनाईलाई उदृत गर्दै ति नेताले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar