• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • पदाधिकारी चयनका विषयमा ओली निकटका नेताहरुबीच भनाभन : सर्वसम्मत गर्ने ओलीको योजना असफल

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर ११, शनिबार (७ महिना अघि)
  • ५१९८ पाठक संख्या
  • post bibad

    चितवन – चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिबेशनका क्रममा पदाधिबारी चयनको बिषयलाई लिएर ओली निकटका नेताहरुबीच भनाभन भएको छ ।

    शुक्रबार साँझ महाधिबेशनको खुल्लासत्र समापनपछी बन्दशत्र स्थल सौराहामा बसेको पार्टीको अन्तिम बैठकअघी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफु निकटस्थहरुसंग बसेको अनौपचारिक बैठकमा ओली निकटका नेताहरुबीच पदाधिकारीको विषयलाई लिएर भनाभन भएको हो ।  बैठकले गोदावरीमा पारित गरेको बिधान नै शंशोधन गर्ने विषयमा चर्को कुरा उठेपछी बैठकअघी पदाधिकारी थप्ने निर्णय गराउनुअघि ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरूबीच अनौपचारिक बैठक गरेका हुन् । बैठकमा ओलीले नेताहरुलाई सर्वसम्मत रुपमा पदाधिकारी टुंग्याउन आग्रह गरेका थिए ।

    तर, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले दाबी नछाड्ने बताए । सोहि विषयमा बिवाद बढ्दै गएपछी सर्वसम्मत पदाधिकारी टुंग्याउने विषय अन्यौलमा परेको हो । बैठकको सुरुमै ‘तपाईंहरूबीच सहमति भयो ?’ वरिष्ठ उपाध्यक्ष र महासचिवका दाबेदारहरूसँग ओलीले प्रश्न गरेका थिए । एमाले स्रोतका अनुसार सबै नेताले आ–आफ्नो दाबेदारी स्वाभाविक रहेको तर्क राखेका थिए । ‘गत महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेललाई यसपालि महासचिव बनाउँदा आन्तरिक लोकतन्त्रको विषयमा गलत सन्देश जान सक्छ भनेर पृथ्वीसुब्बा गुरुङलगायत नेताले ओलीलाई सतर्क बनाएका थिए । ’ स्रोतले भन्यो, ‘तर, जबजको व्याख्याताका रूपमा शंकर बराबरको नेता एमालेमा नभएको भन्ने अर्को पक्षको दाबी थियो ।’ शंकरलाई महासचिव चयन गर्नुपर्ने धारणा महासचिव ईश्वर पोखरेल र स्थायी समिति विष्णु रिमालले राखेका थिए । एता पौडेलका पक्षमा भने नेता सुवास नेम्वाङ र सचिव गुरुङ थिए ।

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा पनि ईश्वर कि सुवास भन्ने विषय पनि त्यत्तिकै पेचिलो बनेको छ । दुई कार्यकाल महासचिव भएका ईश्वरले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनु अनौठो नभएको सहकर्र्मीहरूसँग बताउने गरेका छन् । त्यसो त घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘उता, सुवासजीले वरिष्ठ उपाध्यक्षमा मेरो दाबेदारी फिर्ता हुँदैन भन्नुभएको छ, त्यसैले घनश्यामले उपाध्यक्षमा उम्मेदवारी दिन थाल्नुभएको छ,’ अर्का नेताले भने ।

    त्यस्तै शंकरलाई महासचिव बनाउनुपर्ने पक्षमा ओलीनिकट पूर्वविद्यार्थी र मदन भण्डारी फाउन्डेसनमा सक्रिय नेताहरू देखिएका छन् । पौडेलका पक्षमा पनी ओली समूहकै अर्को तप्का रहेको छ । १० बुँदे सहमति पक्षधर र पूर्वमाओवादी समूहको पनि उनलाई साथ छ । पूर्वमाओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा भने यस विषयमा मौन छन् । उनी एमालेमा रहेदेखि नै अध्यक्ष ओलीको संकेतअनुसार खुल्ने गरेका छन् ।

    आठौं महाधिवेशनमा एमाले बहुपदीय प्रणालीमा गएपछि पौडेल र पोखरेल ओली समूहबाट सचिवमा विजयी भएका थिए । नवौं राष्ट्रिय महाधिवेशनमा पनी ओली समूहबाट दुवै नेताले उपमहासचिवमा प्रतिस्पर्धा गरेका थिए । इद्धपी प्रतिस्पर्धामा पौडेल मात्रै विजयी भए । दुई उपमहासचिवमध्ये एकमा अर्को प्यानलका भुसाल विजयी भएपछि पोखरेलनिकट नेताहरूले पौडेलले अन्तरघात गरेको आरोप लगाएका थिए ।

    एता नेकपा हुँदै लुम्बिनीका उनीहरूबीच प्रदेशको राजधानीका विषयमा पनि विवाद देखिएको थियो । पोखरेलले लुम्बिनीको मुख्यमन्त्री भएका बेला पौडेलको गृहनगर बुटवलबाट राजधानी आफ्नो गृहजिल्ला दाङ र्पुयाएका थिए । त्यसको छाया उनीहरूमा अहिले पनि रहेको कतिपयको धारणा छ ।

    एता नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेमा उपमहासचिव पौडेलको साथ देखिएको छ । नेम्वाङले आफूसँग भेट्न आउने नेताहरूलाई आफू अडान लिएपछि नछाड्ने नेता भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने र ओलीले आग्रह गरेपनी फिर्ता नलिने बताएका छन् । ‘सर्वसम्मतिका लागि प्रयास हुन्छ तर अहिलेसम्म आ – आफ्नो दाबी कायमै छ,’ शुक्रबार मध्यरातमा उनले भने ।

    विधान महाधिवेशनमा पोखरेलनिकटका नेताहरूले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नका लागि विभिन्न समूहमा लबिङ गरेका थिए । आगामी महाधिवेशनमा ७० वर्षको उमेर हदका कारण बिदा लिनुपर्ने बाध्यतामा रहेका दुवै नेताले वरिष्ठ उपाध्यक्ष भएर सम्मानजनक बहिर्गमन चाहेका छन् । दुई पटक महासचिव भइसकेका पोखरेललाई त्यही पदमा दोहोरिन विधानले दिँदैन ।

    पदाधिकारीमा महिला नेताहरू अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डे, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेका छन् । तर उनीहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् । आज शनिबार बन्दसत्र सुरु हुनुअघि आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा घोषणा गर्ने उनीहरूको तयारी छ । सचिव योगेश भट्टराईले पनि उही पदमा दोहोरिन चाहेको बताएका छन् ।
    एमाले महाधिबेशनमा केन्द्रीय कमिटीमा मात्र करिब पाँच सय नेताले आकांक्षा देखाएका छन् ।

  • subhayug
  • नेकपा एमाले
  • महाधिबेशन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution