२०८१ आश्विन २५, शुक्रबार
चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सरकारमा रहँदा आफ्नो खुट्टा तान्नेहरुले अहिले प्रधानमन्त्री शेर बहादुर देउवाको खुट्टा तान्दै गरेको बताएका छन् ।
चितवनमा आयोजित पार्टीको महाधिबेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्री हुँदा काम गर्न नदिनेहरुले अहिले शेरबहादुर देउवालाई काम गर्न नदिएका बताएका हुन् । उनले आफु सरकारमा रहँदा आफ्नै पार्टीका केहि नेताहरुले आफ्नो खुट्टा तान्नगरेको र उनिहरुले अहिले प्रधानमन्त्री शेर बहादुर देउवाको खुट्टा तान्दै गरेको बताएका हुन् ।
‘अहिलेको सरकारका सम्बन्धमा म केही भन्न चाहान्नँ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले आमन्त्रण गरेका छौं। प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बाञ्छनीय हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री सायद काम गर्न चाहानुहुन्थ्यो की ! तर, प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ की ! मलाई अफ्ठ्यारो पार्नेहरु, मेरा खुट्टा तान्नेहरु आज उहाँका खुट्टा समातिराखेका छन्।’ उनले भने ।
त्यस्तै अध्यक्ष ओलीले अब एमाले चुनावको तयारीमा जुट्ने समेत बताएका छन् । सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar