२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो । जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । बिहान ११ बजे विभागमै पत्रकार सम्मेलन हुने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो ।
विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ । विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए ।
सडक सञ्जाल अप्ठ्याराे र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकाले विभागले उनीहरुलाई हिजो हेलिकप्टरमार्फत त्यहाँबाट फर्काएको रेग्मीले जानकारी दिनुभयो । कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना गर्न भने बाँकी छ । त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो ।
तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागको तयारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar