२०८१ आश्विन १, मंगलबार
चितवन – नेकपा एमालेको १० औं राष्ट्रिय महाविधेशनका लागी चितवनमा १५ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
आज (शुक्रबार)बाट सुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाविधेशनका लागी चितवनको सुरक्षा जनशक्तिले नपुग्ने भएपछि विभिन्न जिल्ला तथा निकायबाट सुरक्षाकर्मीहरुलाई चितवन झिकाइएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनार र बन्दसत्र हुने स्थान सौराह क्षेत्रको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए ।
प्रशासनले महाविधेशनस्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ । ट्राफिक प्रदेश कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गरेर करीब एक सयको हाराहारीमा रहेको जनशक्तिमा ९० जना अन्यत्रबाट थप गरिएको छ । जनपथ प्रहरी जिल्ला प्रहरी कार्यालय मातहत ८ सय जना रहेकोमा थप तीन सय थप गरिएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
यस्तै, सशस्त्र प्रहरीको जिल्लाको भरतपुर क्षेत्रमा दुई सय जना मौजुदा रहेकामा थप २५० जना थप गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिलाई पनि बढाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar