२०८१ आश्विन १, मंगलबार
चितवन – नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर चितवन केन्द्रित अधिकांश राजमार्ग बन्द हुने भएको छ ।
एमालेका नेताहरुको ठाडो निर्देशनमा आज महाधिवेशनको उदघाटन समारोह अवधिभर चितवन केन्द्रित अधिकांश राजमार्ग बन्द गर्न लागिएको हो । एमाले नेताहरुको ठाडो निर्देशनमा आज दिनभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आज दिनभर पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए । यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए । पूर्वी नेपालतर्फ आउ जाउ गर्नेहरूले आँपटारी(बाइपास रोड हुँदै यात्रा गर्न सक्ने प्रजिअ तामाङले बताए ।
नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा ५ लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरूको भिड र पार्किङ व्यवस्थापनलाई चुनौती मान्दै एमाले नेताहरुले ठाडो निर्देशन दिएको चितवन जिल्ला प्रशासन श्रोतले बताएको छ । त्यस्तै आज भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरूसँग पनि समन्वय गरिएको प्रजिअ तामाङले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar