२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – नेकपा एमालेका नेता लालबावु पण्डितले एमालेको दशौँ महाधिवेशनबाट केपी ओलीलाई सर्वसम्मत अध्यक्ष दोहोरिन नदिन कोहि कसैले अध्यक्षमा प्रतिस्पर्धा गर्नखोजे उसको जमानत नै जफत गर्नुपर्ने बताएका छन् ।
एमाले महाधिवेशन विशेषमा कुराकानी गर्दै नेता पण्डितले यस पटकको महाधिवेशनमा ओली सँग अध्यक्ष पदमा कसैको पनि प्रतिष्पर्धा नहुने बताँउदै यदि कसैले अध्यक्षमा प्रतिस्पर्धा गर्नखोजे उसको जमानत नै जफत गर्नुपर्ने बताएका हुन् । कुराकानीमा नेता पण्डितले ओलीनै सर्वसम्मत अध्यक्ष चुनिने बताए । यदि ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न दिन्न भनेर कसैले प्रतिष्पर्धा गर्न खोज्छ भने उसको जमानत जफत हुने पनि पण्डितले जिकिर गरे ।
ओलीसँग प्रतिष्पर्धी बन्न सक्ने ल्याकतनै अहिले अरु कसैमा पनि नरहेको पण्डितले बताए। म पनि अध्यक्षमा प्रतिष्पर्धा गर्छु भन्नु क्राइट एरिया पुगेका जो कोहीको पनि अधिकारको कुरा हो भन्न पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ तर जित विल्कुल असम्भव छ पण्डितले बताए । ओली सँग प्रतिष्पर्धा कसैको भयो भने प्रतिष्पर्धानै लजाउँने अवस्था आउँन सक्ने उनको दावी छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar