२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – नेकपा एमालेले आशन्न दशौं महाधिवेशनमा पार्टीको झण्डा बोक्ने पत्रकारहरुलाई महाधिवेशन प्रतिनिधीमा चयन गरेको छ ।
आगामी मंसिर १० गतेबाट चितवनमा सुरुहुन लागेको एमाले महाधिबेशनका लागी एमालेको झण्डा बोकी सक्रिय राजनितीमा लागेका एक दर्जन बढी पत्रकारहरुलाई महाधिवेशन प्रतिनिधीमा चयन गरेको हो । यसअघी पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक गरेको ससद बिघटनका क्रममा ओलीको पक्षमा निर्बाध कलम चलाउनेहरुलाई आवश्यकताका आधारमा महाधिबेशन प्रतिनिधी छनोटछ गरिएको एमाले श्रोतले जनाएको छ । जसमध्ये पार्टी अध्यक्षको निर्देशनमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसहित ५ जनालाई सिधै प्रतिनिधी छनोट गरिएको हो ।
एमाले महाधिवेशनका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसंगै पूर्वअध्यक्ष गगन बिष्ट, राजेन्द्र अर्याल, सल्लाहकार निर्मला शर्मा र उपाध्यक्ष टीका बिष्ट चयन हुनुभएको छ । अध्यक्ष बस्नेतसहित पाँचै जना प्रेस चौतारी नेपालबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।
यस्तै प्रेस चौतारीकै पूर्वउपाध्यक्ष कुसलबाबु बस्नेत, मोहन चापागांईलाई पनि महाधिवेशन प्रतिनिधिमा छनोट गरिएको छ । बस्नेत उदयपुर र चापागाईं रुपन्देहीबाट प्रतिनिधि चयन भएका हुन् । यस्तै केन्द्रीय सदस्य करण ताम्राकार, नारायण शाह प्रतिनिधि चयन भएका छन् । ताम्राकार डडेलधुरा र शाह रुकुमबाट प्रतिनिधि चयन भएका हुन् ।
यस्तै सल्लाहकार सोमबहादुर थापा र सदस्यहरु कालिका पाठक र गायत्री आचार्य पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा कैलालीबाट र पाठक र आचार्य दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । प्रेस चौतारी नेपालका सदस्य रहेका पाठक दोलखाको कालिञ्चोक गाउँपालिका उपाध्यक्षसमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar