२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गर्ने भएको छ ।
बुधबार महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको प्रचारप्रसारका लागि कुनैपनि स्थानमा भित्तेलेखन तथा पोष्टर नटाँस्ने जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले यसपटक एमालेले प्रचारप्रसारका लागि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गर्ने भएको जानकारी दिए । उनका अनुसार महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमहरुमा बिज्ञापन गरिने भएको छ ।
महाधिबेशन प्रचारप्रसारका लागि अहिले चार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ ।
एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै फेसबुक, टिकटक र ट्वीटरलगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उनको भनाइ छ ।
महाधिवेशन प्रचारका लागी एमालेले देशभर मोटरसाइकल र्याली गर्ने
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar