
धादिङ – नेपाली कांग्रेस धादिङको अधिवेशनमा रामचन्द्र पौडेल पक्षले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।
कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनका लागी जिल्ला सभापतिमा सभापतिका लागि रामनाथ अधिकारीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । अधिकारी रामचन्द्र पौडेल समुहका नेता हुन् । अधिकारी समुहबाट प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ मा कुमारबहादुर सिंखडा र क्षेत्र न.२ मा राकेश धमलाले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै प्रदेशसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ (क) मा राजकुमार कुँवर, (ख) मा बिष्णुप्रसाद रुपाखेतीले उम्मेदवारी घोषणा गरेका छन् भने क्षेत्र न. २ (क) मा होमबहादुर गुरुङ र क्षेत्र न. (ख) मा हरि तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवार घोषणा कार्यक्रममा नेपाली कांग्रेस धादिङका वर्तमान जिल्ला सभापति रमेश धमला, नेताहरू हरि अधिकारी, वासु तिमल्सिना, विश्व अर्याल, फणिकान्त छत्कुली, भक्त लामा विनोद तिमल्सिना, यमनाथ दनै, नारायण कुमार श्रेष्ठ अम्बिका अधिकारी, कल्पना अधिकारी वर्तमान क्षेत्रीय सभापतिहरू कृष्ण रिजाल, योगबहादुर तामाङ, लगायत विभिन्न गाउँपालिका सभापतिहरू वडा सभापतिहरू सहभागी थिए । पुर्व जिल्ला सभापति अधिकारीको पक्षमा हालका जिल्ला सभापति धमलासहित महासमिति सदस्य तिमल्सिना, जिल्ला उपसभापति लामा, जिल्ला सचिव तिमल्सिना यसअघिदेखि नै खुलेरै लागिरहेका छन् ।
त्यस्तै जिल्ला सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा समुहबाट भने यसअघिनै भिम प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरिसकेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar