२०८१ आश्विन १, मंगलबार
ललितपुर – आफ्नो सहकारीबारे प्रकाशित् समाचार फेसबुकमा शेयर गरेको भन्दै ललितपुरको पुल्चोकस्थित् लालीगुराँस बहुउद्देशिय सहकारी संस्थाले २ जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।
लालीगुराँस सहकारीले ललितपुरका स्थानिय समाजसेवी तथा बिवादित समय फाल्चा निर्माणमा सक्रिय पृथबिन्दु महर्जन र केशव पुरी विरुद्ध जिल्ला अदालत ललितपुरमा लिखित गाली बेइज्जती गरेको कसुरमा मुद्दा दायर गरेको हो । समय फल्चा हडपने र निर्माणमा अवरोध गर्ने (प्रमुख अभियुक्त) तथा श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले महर्जन र पुरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
महर्जनले समय फल्चा निर्माणको लागि भन्दै गतबर्षदेखी नै सामाजिक संजालमा अभियान थालेकी थिइन् । उनले उक्त विषयबारे संचार माध्यममा आएका फल्चा निर्माण सम्बन्धी समाचारहरु फेसबुकमा शेयर गर्ने गरेकी थिइन् । त्यस्तै पुरीले पनि महर्जनले जस्तै समाचारहरु शेयर गर्ने र सम्पदाको पक्षमा आवाज उठाँउदै आएका थिए । सोहि विषयलाई लिएर नेपाली काँग्रेसका नेतासमेत रहेका सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले महर्जन र पुरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
२०६ बर्ष भन्दा पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेष माथि श्री लालीगुराँस सहकारीले स्वीकृत नक्सा र मापदण्ड विपरित भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले फल्चा निर्माणको लागि बजेट विनियोजन गरेपछि सहकारी र महानगरपालिका बीच विवाद भएको थियो । सहकारीले फल्चा निर्माण रोक्न जिल्ला अदालत ललितपुर, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा (झूठो) विवरण सहित मुद्दा दायर गरेको थियो । तिनै तहको अदालतमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको झुठ पराजित भएपछि पनि उनले गृहमन्त्रालयलाई शक्तिको दुरुपयोग गरेर फल्चा निर्माण रोक्न दोहोरो पत्र समेत लेखाएका थिए ।
हाल तिनै तहका अदालतको आदेश तथा फैसलाबाट ऐतिहासिक समय फल्चा निर्माण कार्य सम्पन्न हुने तयारीमा छ । समय फल्चा निर्माण कार्य सम्पन्न भएपछि सहकारीले आफ्नो भवन प्रवेशको पूर्वी मार्ग नै नपाउने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar