२०८१ आश्विन १, मंगलबार
काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को महाधिवेशन प्रतिनिधी (खुला तर्फ) कुमार राज सुवेदीले उम्मेद्वारी दिने हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा गोकर्ण ५ जोरपझ निवासी सुवेदीले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।
२०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीले तत्कालीन जोरपाटी इकाईको पहिलो निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन । हाल उनी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य हुन् ।
राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय सुवेदीलाई राजधानीको पूर्वी भेगमा मानवअधिकार तथा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ । विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था लायन्स क्लब इन्टरनेशनल नेपालको डिस्ट्रिक्ट गभर्नर रहिसकेका सुवेदी मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय महासचिव समेत भइसक्नु भएको छ । वाणिज्य शास्त्रमा स्नातक सुवेदी हाल नेपाल भलिवल संघको केन्द्रीय उपाध्यक्ष सहित अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ ।
राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील सुवेदी जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन महाधिवेशन प्रतिनिधिमा जिताउनुको विकल्प नरहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधिहरू बताउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar