२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।
आज बुधबारदेखि लागु हुनेगरि सरकारले पेट्रोल, डिजेल तथा खाना पकाउने ग्याँसको मुल्यबृद्धि गरेपछी सरकारविरुद्ध ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो । मूल्यबृध्दिविरुद्ध चरणवध्द आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कात्तिक ३० गते नेपाल बन्द गर्न लागेको हो । सो पार्टीले आज जारी गरेको विज्ञप्तिमा आज दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार भोलि प्रचाररप्रसार र मशाल जुलुस,पर्सि २७ गते देशब्यापी विरोध प्रदर्शन,२८ गते एक घण्टा चक्काजाम,२९ गते सिठ्ठी र मशाल जुलुस,३० गते नेपाल बन्द घोषणा गरिएको छ ।
सरकारले हिजो मध्यरातदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै,खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाईएको छ । मूल्यवृध्दिविरुद्ध विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar