२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – तिहारमा मात्रै करिब डेढ अर्ब रुपैयाँको भाईमसला आयात भएको देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको तिहारमा करिब डेढ अर्ब रुयैयाँको भाईमसला आयात भएको हो । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी हो । विशेषगरि भाईमसलाको रुपमा प्रयोग हुने ओखर, बदाम, काजु, किसमिस, पेस्ता लगायतका ड्राईफ्रुट्सको आयात पछिल्लो पटक धेरै नै बढेको हो । स्वदेशमा उत्पादन हुने यस्ता ड्राइ फ्रुट्सजन्य भाईमसलाले तिहारमा उपभोक्ताको माग नधान्ने भएपछि छिमेकी देस भारत, चीन, भियतनाम, अमेरिका लगायत तेस्रो मुलुकबाट आयात हुने गरेको तथ्यांकले देखाएको छ ।
गत वर्षको तिहारमा करिब १ अर्ब २० करोड रुपैयाँको भाईमसला आयात भएको थियो । चालु आर्थिक वर्षको वितेका साढे तीन महिना सम्म तिहारकालागि अघिल्लो वर्षको भन्दा करिब २१ प्रतिशतले बढि १ अर्ब ४७ करोड रुपैयाँको भाईमसलाजन्य बस्तुहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार सो अवधीमा नरिवल, काजु, पेस्ता, बदाम, ओखर लगायत भाइमसलाजन्य बस्तुहरुमा प्रयोग हुने सामग्रीहरुको आयात बढेको हो । तिहारका लागि आवश्यक पर्ने यस्ता भाईमसलाजन्य बस्तुहरु हरेक आर्थिक वर्षको पहिलो तीन महिनाभित्रै आयात भइसक्ने गरेको छ । गत वर्ष भारत र भियतनामबाट करिब ३६ करोड ७६ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो ।
यो वर्ष काजु आयातको परिमाण बढेर ३९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसैगरि, बदाम गत वर्षको तुलनामा करिब ३१ प्रतिशतले बढेर करिब ३९ करोड रुपैयाँको आयात भएको छ । गत वर्ष बदाम २९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको थियो । हाल स्वदेशी उत्पादनले बजारको माग नधानिएपछि यस्तो चार्डपर्वको बेला नेपालमा बदाम अमेरिका र भारतबाट आयात हुने गरेको छ ।
नेपालमा ओखर चीनबाट आयात हुने गरेको छ । गत वर्ष करिब १७ करोड रुपैयाँको ओखर आयात भएकोमा यो वर्ष करिब २० करोड रुपैयाँ बरावरको आयात भएको विभागले जनाएको छ । त्यसैगरि, पेस्ता यसपालिको तिहारका लागि भारतबाट ७२ लाख रुपैयाँको आयात भएको छ । छोकडा पाकिस्तानबाट आयात हुने गरेको छ । गत वर्ष करिब ३ करोड ३१ लाख रुपैयाँको छोकडा आयात भएकोमा यो वर्ष ३ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसैगरी गत वर्ष भारतबाट ८ करोड १० लाख रुपैयाँको किसमिस आयात भएकोमा यसपाली ११ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
हाल मुलुकमा तिहारको भाईमसला मात्र नभएर सबै प्रकारका चाडपर्वहरु आयातले नै धानिएको छ । परम्परागत खेति–किसानी, बढ्दो आप्रावासन तथा रेमिट्यान्स, आन्तरिक उत्पादनको कमजोर अवस्था र आयातमा आधारित राजस्व नेपाली अर्थतन्त्रको विशेषता हुन् । पुँजी, प्रविधि, कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभावमा नेपालमा औद्योगिकरण फस्टाउन पाएको छैन । जसका कारण अहिले आयातित बस्तुले धानेको विभागले जनाएको छ । स्वदेशी उत्पादन भएका बस्तुको लागत उच्च हुने गरेकाले हाल अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता समेत कमजोर रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar