२०८१ आश्विन १, मंगलबार
राकुटेन भाइबरले ग्रुप च्याटमा निश्चित समयपछि म्यासेज हराएर जाने सुविधा ल्याउने भएको छ । यसअघि व्यक्ति – व्यक्तिबीचको कुराकानीमा मात्र उपलब्थ यो लाभदायक फिचर अब ग्रुपच्याटमा समेत उपलब्ध हुनेछ । भाइबरले यो नयाँ फिचर कस्टमाइज रुपमा उपलब्ध गराउनेछ ।
जसअन्तर्गत प्रयोगकर्ताहरू आफैंले म्यासेजहरू कति समयपछि अदृश्य बनाउने त्यसको समय सेट गर्न सक्नेछन् । ग्रुप च्याटमा तुरुन्तै एक्टिभेट गर्न मिल्ने फिचरको प्रयोग गरेपछि म्यासेज फरवार्ड गर्ने, कपि गर्ने अथवा म्यासेजको स्क्रिन सट लिने जस्ता गतिविधिहरू एप आफैले गर्न नमिल्ने बनाउनेछ । यो फिचर ग्रुप च्याटमा सेट गरी आफ्नो स्टाटस बदल्नका लागि प्रयोगकर्ताहरू अनेक चरणहरूबाट जानुपर्ने छैन । भाइबरको फिचर प्रयोग गरेर ग्रुप च्याटभित्रै सदस्यहरू सजिलैसँग खोल्न र बन्द गर्न सक्नेछन् ।
यो उपयोगिता अझ फराकिलो बनाएपछि अब प्रयोगकर्ताहरू ग्रुप च्याटमै आफ्ना म्यासेज पढिएको १० सेकेण्डदेखि एक दिन पछि देख्न नमिल्ने बनाउन म्यासेजमा डिसअपियरीङ अप्सन सेट गर्न सक्नेछन् । डिसअपियरिङ विकल्प चालू भएको अवस्थामा भाइबरले अब एन्ड्रोइड ६ र अन्य प्रयोग गरिरहेका उपकरणहरूमा म्यासेज फरवार्ड, कपि र स्क्रीन सटजस्ता गतिविधिहरूलाई रोक्नेछ ।
पुरानो भर्सनको एन्ड्रोईड र आईओएस चलाइरहेका प्रयोगकर्ताहरूलाई भने यदि ग्रुप च्याटको कुनै सदस्यले स्क्रीन सट लिएको अवस्थामा भाइबरले सूचना दिनेछ । यो फिचर जुनसुकै प्रकारको फोटो, भिडियो र स्टिकर्स म्यासेजमा लागू गर्न सकिने छ । भाइबरमा व्यक्तिगत र समूहमा गरिएको सबै कुराकानी इनक्रिप्ट गरिन्छ, जसलाई ‘गोप्यकरण’ पनि भनिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar