काठमाण्डौ – शेयर राख्ने खाता डिम्याट खाताको संख्या ४६ लाख नाघेको छ ।
शेयर बजारमा नयाँ लगानी भित्रने क्रमले एक महिनामा नै एक लाख नयाँ डिम्याट खाता थपिएका छन् । शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार सम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय पुगेको छ ।
सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ ।
डिम्याटमा भएका शेयर संख्या समेत वृद्धि भएको छ । अहिले ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ कित्ता शेयर डिम्याटमा रहेका छन् । चार वर्ष पहिले कागजी रुपमा रहने शेयर प्रमाणपत्र युगको अन्त्य गर्दै डिम्याट खाता अनिवार्य गरिएको थियो । तर अझै पूर्ण रुपमा शेयर डिम्याटमा आइनसकेको सिडिएससीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar